‘मंगली’, ‘लौरी’, र ‘दुई केटी’ प्रदर्शन(फोटो फिचर) - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

‘मंगली’, ‘लौरी’, र ‘दुई केटी’ प्रदर्शन(फोटो फिचर)

साइनो समचारदाता

चुलाचुली(इलाम)। ‘विश्वव्यापीकरणमा ग्रामीण सौन्दर्यको खोजी’ नारा रहेको चुलाचुली रंग मञ्चले शैक्षिक पाठ्यक्रमलाई आधार मानेर ‘चुलाचुली पाठशाला नाटक उत्सव–२०७६’ सुरु भएको छ ।

सामुदायिक कर्वड हल चुलाचुली ३, इलाममा झापा धरमपुरको सिकिया पुस्तकालयको नाटक ‘मंगली’, श्री अमृत मेमोरियल बोर्डिङ, इलामको ‘लौरी’, श्री चुलाचुली बोर्डिङ स्कुल, इलामको ‘दुई केटी’ मञ्चन हो ।

शनिबारदेखि चुलाचुली रंगमञ्च र सुरूवात थिएटर, क्रियटिभ जर्नी फाउन्डेसन तास्मनीया अष्ट्रेलियासंगको संयुक्त आयोजना उत्सब सुरु भएको हो । समुउदघाट्न कार्यक्रममा प्रमुख अतिथि गायक तथा साहित्यकार गणेश रसिक, विशिष्ट अतिथि चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिप चन्द्र राईलगायतको उपस्थिति रहेको थियो ।

आज असार १ गते मञ्चन हुन गइरहेको नाटक उत्सवमा जुनियर ६ निर्देशकहरूको ६ वटा फरक विषयमा रहेको नाटक मञ्चन हुने भएको छ । जनता माध्यमिक विद्यालय, इलामको ‘पुनः मिलन’, झापाको परिवर्तन थिएटरको ‘छुई’, श्री अंन्तु एकेडेमी, इलामको ‘चमेली’ नाटक मञ्चन हुदैछ ।

२ लाख ५० हजार बढी खर्च हुने उक्त नाटक उत्सवमा झापा कदम थिएटर, मानव कम्प्युटर इन्स्टिच्युट, चुलाचुलीको सह कार्यमा आयोजना रहेका नाटक उत्सबलाई चुलाचुली गाउँपालिका र गाउँपालिकाको ६ वटा वडा कार्यालयहरूको समेत समन्वयमा कार्यक्रम भइरहेको कार्यक्रम संयोजक शरणहाङ जबेगूले बताएका छन् ।

तस्बीरः चेतन आङ्थुप्पो

सम्बन्धित खवर