अध्यक्ष कपको उपाधी वडा नम्बर ६ लाई - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

अध्यक्ष कपको उपाधी वडा नम्बर ६ लाई

साइनो समचारदाता
कानेपोखरी । मोरङको कानेपोखरी गाँउपालिकामा जारी दोश्रो अध्यक्ष नक आउट वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी कानेपोखरी ६ ले उचालेको छ । शनिबार भएको खेलमा वडा नम्बर ५ लाई ट्राइबेकर ३ का बिरुद्ध ४ गोल गर्दै वडा नं. ६ ले दोस्रो सस्करणको उपादी चुमेको हो । बिजयी सङ्गै ६ वडाले नगद ८० हजार ट्रफी मेडल र प्रमाण पत्र हात पार्यो भने उप बिजेता वडा नं. ५ ले ५० हजारमा चित बुझाउनु पर्यो ।

 

 

प्रतियोगितामा वडा नं. ६ का काजिमान राई बेस्ट प्लेयर, बिप्लब मैनाली हाइ स्कोर, मनिल्द्र तामाङ बेस्ट गोल किपर बने भने वडा नं. नं. ५ का मनिश राई म्यान अफ द म्याच र अर्जुन माझी बेस्ट डिफेन्स घोसित भए । पालिका स्तरिय कृकेटको उपाधि भने वडा नम्बर ३ ले जितेको छ भने वडा नं. ६ उपबिजेता भएको थियो । कार्यक्रममा चेस, हाईजम, ब्याटमिटन, दैडलगायत खेलकुद प्रतियोगिता भएको थियो । कानेपोखरी खेलकुद बिकास समितिको आयोजनामा जेष्ठ २५ देखि गाँउपालिका भरी खेलकुद सप्ताह सुरु गरेको थियो । ३२ गते शनिवार फुटवलको समाप्ती संगै खेलकुद बिधाको सम्पुर्ण पुरस्कार बितरण गरेको छ । सबै खेलका बिजेता खेलाडीलाई गाँउपालिका अध्यक्ष तारा बहादुर काफ्ले र नगर खेलकुद समितिका संयोजक भुपाल श्रेष्ठले बितरण गर्नु भएको थियो ।

 

सम्बन्धित खवर