८३ ज्येष्ठलाई सम्मान - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

८३ ज्येष्ठलाई सम्मान

साइनो समचारदाता

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा वडा नम्वर १ का ८० वर्षमाथिका ८३ जना ज्येष्ठलाई सम्मानित गरिएको छ ।

ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र पथरीशनिश्चरे १ ले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई, केन्द्रका केन्द्रीय महासचिव कृष्णप्रसाद घिमिरे सहितले जनही नगद ५ सयका साथै एक एक थान झुल समेत वितरण गरी सम्मानित गरेका छन् । यसैगरी, लामखुट्टेजन्य रोगबाट बच्नका लागि १० नम्वर वडाका २ सय विपन्न परिवारलाई झुल वितरण गरिएको छ । वडाध्यक्ष सागर राईको अगुवाईमा रकम संकलन गरी २ सयजनालाई झुल वितरण गरिएको हो । जसमा वडाध्यक्ष राईले १० हजार, वडा सदस्य अनोज घिमिरेले ५ हजार तथा नगरको विजी हाउसका प्रोप्राइटर वीरवहादुर घिमिरेले १० हजार, कावेली कन्ट्रक्सनका भूवन थापाले १० हजार सहितको रकम सहयोग जुटेपछि झुल खरिद गरी वितरण गरिएको छ । अन्यसँग पनि सहयोग रकम संकलन हुँदै गरेको जनाउँदै वडाध्यक्ष राईले वडाका अन्य १ सय घर परिवार विपन्नलाई झुल वितरण गरिने बताए ।

सम्बन्धित खवर