पथरीशनिश्चरेमा सुकुम्वासी समस्या अन्योलमा - Sainokhabar
  • शुक्रबार, साउन ०८, २०७८

पथरीशनिश्चरेमा सुकुम्वासी समस्या अन्योलमा

साइनो समचारदाता पथरी / मोरङको पथरीशनिश्चरेमा सुकुम्वासी समस्या र दोहोर स्वामित्व अन्त्य गर्ने भन्दै पथरीशनिश्चरे नगरपालिकाले गठन गरेको झोडा समस्या समाधान समितीका एक सदस्य तथा पुर्व गाविस अध्यक्षले समिती गठनको औचित्य नरहेको भन्दै समितीवाट राजिनामा दिएका छन् । साविक पथरी गाविसका पुर्व अध्यक्ष समेत रहेको तिलक वान्तावाले विज्ञाप्ती प्रकाशित गर्दै सुकम्वासीको माग त्यस समितीले सम्वोधन नगर्ने भन्दै राजिनामा दिएका हुन् ।


इलामको चुलाचुली, पेल्टीमारी, वुकुवा, वाझो झापाको हंसेदुम्से र सुनसरीको कोशीटप्पु र सर्दु जलाधार वाट सट्टा भरना भइ पथरीशनिश्चरे नगरपालिकामा वासोवास गर्दै आएका मध्ये धेरैको दोहोरो स्वामित्व रहेको भन्दै नगरपालिकाले सो समस्या सामाधान गर्न राई सहितको ११ समिती गठन गरेको थियो । नगरपालिकाका प्रमुख दिलिप कुमार राईको संयोजक र उपप्रमुख यमुना विष्ट बास्तोलाको सह–संयोजक रहने गरी गठित समीती हाल सम्म कुनै पनि भुमिका निर्वाह नगरेको भन्दै राईले आफु पदमा बस्नुको कुनै औचित्य नरहेको बताएका छन । नगरपालिका भित्र रहेका विभिन्न दलका ८ जना, पुर्व गाविस अध्यक्षहरु समेत रहने गरि गठन गरिएको समितीका सदस्य राईले समितीले काम गर्न नसकेको आरोप लगाउदै राजिनामा दिएका हुन । समितीमा वसेर काम गर्न नसक्ने तथा समितीको औचित्य समेत सकिएकाले समितीमा नरहने राईले विज्ञाप्ती मार्फत जनाएका छन् । सट्टा भर्नामा बसेका र पुर्जावाला दैबैको जित हुने गरि समिती नलागेर समय आलटाल गदै बसेको पर्ति राईले आपति जनाएका छन ।

सम्बन्धित खवर