अन्तराष्ट्रिय पदक विजेता दिपेनलाई “धिमाल युवा प्रतिभा पुरस्कार” - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

अन्तराष्ट्रिय पदक विजेता दिपेनलाई “धिमाल युवा प्रतिभा पुरस्कार”

 

साइनो समचारदाता

उर्लाबारी । धिमाल जातीय विकास केन्द्रले प्रदान गर्दै आएको “धिमाल युवा प्रतिभा पुरस्कार २०७६” यस वर्ष दिपेन धिमाललाई प्रदान गर्ने भएको छ ।

पुरस्कार छनौट समितिको बैठकले अन्तराष्ट्रिय पदक विजेता झापा विर्तामोडका दिपेन धिमाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कृत प्रतिभालाई सम्मान पत्र, नगद ५ हजार रुपैयाँ र आल्गी धावा (धिमाल पोशाक) ओडाएर सम्मान गरिनेछ । चिनमा सम्पन्न अन्तराष्ट्रिय तेक्वान्डो हिरो कप प्रतियोगीतामा दिपेन धिमालले गोल्ड मेडल जितेका छन्, भने झापा तेक्वान्डोका च्याम्पीयन उनी पुर्वाञ्चल तथा राष्ट्रियस्तरका प्रतियोगिता समेत जितेका छन् । गोल्ड मेडलिष्ट दिपेन धिमाल खेलकुदको अलवा सामाजिक काममा समेत सकृय छन् । उनले सडक बालबालिका, गरिबीको चपेटामा रहेका बालबालिका र अपाङ्गता भएका बालबालिकालाई सहयोग गर्दै आएका छन् । आफुले सन्चालन गर्दै आएको एकेडेमीबाट प्राप्त रकमको केहि हिस्सा उनले सो क्षेत्रमा खर्चिदै आएका छन् । धिमाल समुदायका नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्न हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको पुरस्कार छनौट समितिका संयोजक रहेका केन्द्रका महासचिव केदार धिमालले जानकारी दिए । धिमाल डट कमले प्रायोजन गरेको सो पुरस्कार यसअघि राष्ट्रिय टोलिका सदस्य फुटबलर रजिन धिमाल, बडिबिल्डर विकास धिमाल र गायिका मेचु धिमाललाई प्रदान गरिएको थियो । पुरस्कार असार २ गते जात्रि समापनको अवसरमा धिमाल परियोजना स्थलमा आयोजित कार्यक्रममा प्रदान गरिनेछ ।

 

सम्बन्धित खवर