गाउँलेद्वारा कलात्मक साँघु निमार्ण - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

गाउँलेद्वारा कलात्मक साँघु निमार्ण

साइनो समचारदाता

चुलाचुली (इलाम) । स्थानीयवासीहरूलाई बर्खा लागेपछि खोलाकै पिर हुन्छ । नुन, तेल, चामल, लत्ताकपडा साथै उपभोग्य वस्तु लिन उनीहरू दमक, वेलडाँगी, चपटी पुग्नु पर्छ । गाउँमा भने जस्तो किराना पसल छैन । ज्यान जोखिम मोलेर खोलामा डुवेर भए पनि दैनिकी गुजारा चलाउँदै आएका थिए । अहिले त्यस्तो परिरिस्थति छैन । जिल्लाको माङ्सेबुङ गाउँपालिका वडा नं.४ स्थित रहेको सिन्धुवा तथा झिल्के दोभानमा स्थानीयहरूले कलात्मक फड्के (साँघु) निमार्ण गरेका छन् ।

७५ फुटको लम्बाइ रहेको फड्के (साँघु) बाँस र २० केजी लेसिङ् तारले निर्माण गरिएको छ । स्थानीय गाउँलेहरू आफैले बाँस जुटाएका थिए भने लेसिङ् तार किन्नलाई आर्थिक सहयोग उठाएका थिए । साँघुबाट तनाखे, सादन बोटे, काने चुली, एकात बस्ती, धोन्द्रे, चिलाउने बस्तीलगायतका सयौं स्थानीयहरू लाभान्वित छन् । साँघु अवलोकन गर्न पुगेका वडा सदस्य जनप्रतिनिधि सन्त विकले वडा कार्यालय बनाउन नसकेको साँघु स्थानीयहरुले बनाएको भन्दै प्रशंसा गरे । उनले पुल निर्माणको लागि समुदायबाट डीपीआरको योजना ल्याउन अनुरोध गरेका छन् ।

स्थानीयवासी बसोवास भएको ५० बर्षपछि मार्चेबुङ हुँदै सिमलटार जोडिएको बाटो निर्माण भएपछि पैदल हिड्न, भारि बोक्नु पर्ने स्थिति कमी हुँदै आएको छ । साँघु विद्यार्थी र जेष्ठ नागरिकहरूको सुरक्षाको लागि निमार्ण गरिएको स्थानीय आशबहादुर राईले वताए ।

सम्बन्धित खवर