मापदण्ड बिपरीत डाँगी कन्ट्रक्सन, खोला दोहनले बस्ती जोखिममा - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

मापदण्ड बिपरीत डाँगी कन्ट्रक्सन, खोला दोहनले बस्ती जोखिममा

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकाको सिमानामा पर्ने डाँस खोला दोहनले बस्ती जोखिममा परेको छ । स्थानीय सरकारले बस्तीको अवस्था नबुझिकन खोला ठेक्का लगाउनाले दुई खोलाको डिलमा बसोबास गर्ने बासिन्दाको दुरी पातलिदै गएको छ ।

स्थानीय सरकारले बढी राजस्व संकलन गर्ने उद्देश्यले खोलाको बास्तविक अवस्था मापन नगरी खोला ठेक्का लगाएकाले बस्ती संकटमा परेको छ । आर्थिक वर्ष सकिने बेला भएकाले ठेकेदारले खोलामा जथाभावी स्काईभेटर लगाएर माटोसरीको बालुवा निकाल्न थालेपछि स्थानीयहरु आक्रोशित हुदै उत्खनन् रोकेका छन । ठेक्का पाएको डाँगी कन्टस्सनले खोलाबाट माटो सरिको बालुवा उठाएर स्टोक गर्दै राखेको छ । जस्ले गर्दा दुई गाँउलाई जोड्ने दुईवटा बाटो बन्द भएको छ भने बर्खाको समयमा सहज वार पार गर्ने बाटो अहिले मान्छे डुबाउने स्थितिमा पुगेको छ । खोला गहिरिएकाले र खोलाको बाटो काटेकाले स्कुल जाने बालबालिका र दुई पालिका आवत जावत गर्न समस्या रहेको स्थानीय बताउछन ।

समस्या आए पछि खोला उत्खनन्मा डागी कन्ट्रक्सन र स्थानीय बिच बिबाद आए पछि जिल्ला समन्यवलाई अनुगमन गरेर रिपोट देउ भनेर पत्र काटेको र उत्खन्न कार्य रोक्न आदेश दिएको कानेपोखरी गाँउपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताए । उनले आगामी दिनमा खोला ठेक्का नलगाउने बताएका छन् । तर यता ठेक्केदार कम्पनी डाँगी कन्ट्रक्सनले भने उत्खन्न कार्य रोकेको छैन । कम्पनीका प्रोपाइटर विजय डाँगीले स्थानीय सरकारले लगाएको ठेक्काअनुसार काम गर्न बाधा आएकाले स्थानीय सरकारमा पटक पटक काम गर्ने बातावरण बनाइदिन निबेदन पेस गरेको बताए । डाँगीले सो क्षेत्रमा जति पनि काम भएको छ त्यो स्थानीयको सहमतिमा बाटो पुर्न र खोला सिधा पार्ने कार्य भएको बताए ।

सम्बन्धित खवर