ज्ञान् महोत्सवमा आज पनि बौद्धिक बहस हुँदै(फोटो फिचरसहित) - Sainokhabar
  • शनिबार, जेठ ०१, २०७८

ज्ञान् महोत्सवमा आज पनि बौद्धिक बहस हुँदै(फोटो फिचरसहित)

साइनो समाचारतादा

काठमाडौं । याक्थुङ ज्ञान महोत्सव ‘बौद्धिक ज्ञान आदान–प्रदान र पुस्तान्तरणको लागि’ भन्ने नाराको साथ जारी छ । महोत्सव हिजोदेेेखि नाच घर, जमल काठमान्डौमा भइरहेको छ ।

आज अर्जुनबाबु माबुहाङको ‘मुन्धुमी, धार्मिक, साँस्कृतिक सम्पदा संरक्षण’ शिर्षकमा प्रस्तुति, भगत सुब्बा, झुमा वनेमको ‘लिम्बु गीत र सङ्गीत’ शीर्षकमा प्रस्तुति, डीबी आङ्बुङको ‘याक्थुङ मुन्धुम र संस्कारले परिकल्पना गरेको याक्थुङ युबा’ शीर्षकमा प्रस्तुति, युग पाठकको ‘पहिचानको आन्दोलन’ शीर्षकमा प्रस्तुति, शंकर लिम्बुको ‘भुमि अधिकार र आदिबासी हक अधिकार’ विषयको प्रस्तुति, अमृता थेबेको ‘कस्तो छ ? कस्टमरी ल’ विषयको प्रस्तुति, दिलविक्रम आङदेम्बेको ‘वालुङ शोभाङ्गी क्षेत्र र ऐतिहासिक तथा सास्कृतिक सम्बन्ध’ विषयक प्रस्तुति रहने आयोजक याक्थुङ युबा मन्चका अध्यक्ष भुपेन्द्र खुदाङ्ले जनाए ।


पहिलो दिन ( हिजो) उद्घाटनसहित विष्णु सिङ्गकको कथा÷निर्देशनमा रहेको माङ्गेन्ना खमा डकुमेन्ट्री प्रदर्शन, बैरागी काइलाको ‘याक्थुङ मुन्धुम, यसको महत्व’विषयको प्रस्तुति, डा.चौतन्य सुब्बाको याक्थुङ चो?त्लुङको महत्व’ विषयको प्रस्तुति, बालकृृष्ण माबोहाङको उच्च शिक्षा र लिम्बु समुदाय’ विषयको प्रस्तुति, प्रबिन पन्धाकको लिम्बु महिलाको सहभागिता र पहुँच’ विषयको प्रस्तुति, अमर तुम्याहाङ, येहाङ लावतीको ‘लिम्बु भाषा र साहित्य’ विषयको प्रस्तुति, अमृत योञ्जनको ‘मातृभाषाको संरक्षण कसरी हुन्छ?’ विषयको प्रस्त्ुति, हाङ्युग अज्ञात, बुद्ध छिरिङको ‘पहिचान साहित्य र राजनीतिकमा दार्शनिक सवाल’ विषयको प्रस्तुति पछि प्रश्नोत्तर तथा प्यानल छलफल भएको छ ।

सम्बन्धित खवर