याक्थुङ ज्ञान महोत्सव सुरु(फोटो फिचरसहित) - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

याक्थुङ ज्ञान महोत्सव सुरु(फोटो फिचरसहित)

प्रस्तोता टंक सेलिङ ।

प्रस्तोता कुमार लिङदेन मिराक ।

साइनो समचारदाता

काठमाडौं । ‘बौद्धिक ज्ञान आदान–प्रदान र पुस्तान्तरणको लागि’ भन्ने नाराको साथ याक्थुङ युबा मञ्चले आयोजना गरेको महोत्सब आजदेेेखि सुरु भएको छ। भोलि (जेठ २५ गते) सम्म चल्ने, ‘याक्थुङ ज्ञान महोत्सव’ नाच घर, जमल काठमान्डौमा जारी छ ।

पहिलो दिन उद्घाटनसहित विष्णु सिङ्गकको कथा/निर्देशनमा रहेको “माङ्गेन्ना खमा” डकुमेन्ट्री प्रदर्शन, बैरागी काइलाको ‘याक्थुङ मुन्धुम, यसको महत्व’ विषयको प्रस्तुति, डा.चौतन्य सुब्बाको याक्थुङ चो?त्लुङको महत्व’ विषयको प्रस्तुति, बालकृृष्ण माबोहाङको `उच्च शिक्षा र लिम्बु समुदाय’ विषयको प्रस्तुति, प्रबिन पन्धाकको लिम्बु महिलाको सहभागिता र पहुँच’ विषयको प्रस्तुति, अमर तुम्याहाङ, येहाङ लावतीको ‘लिम्बु भाषा र साहित्य’ विषयको प्रस्तुति, अमृत योञ्जनको ‘मातृभाषाको संरक्षण कसरी हुन्छ?’ विषयको प्रस्तुति, हाङ्युग अज्ञात, बुद्ध छिरिङको ‘पहिचान साहित्य र राजनीतिकमा दार्शनिक सवाल’, टङ्क सेलिङ र कुुुमार लिङ्देनले`लिम्बुवान आन्दोलन हिजो, आज र भोलि´ विषयक शिर्षकको प्रस्तुति पछि प्रश्नोत्तर तथा प्यानल छलफल भएको छ ।

मञ्चकी उपाध्यक्ष प्रज्ञा इजम ।

प्रज्ञा प्रतिस्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती, किरात याक्थुङ चुम्लुङ्का अध्यक्ष योगराज वनेमले महोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए ।

 

 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती ।
मञ्चका अध्यक्ष भूपेन्द्र खुदाङ ।

भोलि (दोस्रो दिन)शंकर लिम्बुको ‘भुमि अधिकार र आदिबासी हक अधिकार’ विषयको प्रस्तुति, अमृता थेबेको ‘कस्तो छ ? कस्टमरी ल’ विषयको प्रस्तुति अर्जुनबाबु माबुहाङको ‘मुन्धुमी, धार्मिक, साँस्कृतिक सम्पदा संरक्षण’ शिर्षकमा प्रस्तुति, भगत सुब्बा, झुमा वनेमको ‘लिम्बु गीत र सङ्गीत’ शीर्षकमा प्रस्तुति, डीबी आङ्बुङको ‘याक्थुङ मुन्धुम र संस्कारले परिकल्पना गरेको याक्थुङ युबा’ शीर्षकमा प्रस्तुति, युग पाठकको ‘पहिचानको आन्दोलन’ शीर्षकमा प्रस्तुति, दिलविक्रम आङदेम्बेको ‘वालुङ शोभाङ्गी क्षेत्र र ऐतिहासिक तथा सास्कृतिक सम्बन्ध’ विषयको प्रस्तुति, डा. डम्बर चेम्जोङको ‘कसरी बन्छ ? सम्बद्ध लिम्बु समाज’ विषयमा प्रस्तुति रहनेछ ।

 

किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेम ।

सम्बन्धित खवर