पथरीशनिश्चरेमा नेतृत्व विकास तालिम सुरु - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

पथरीशनिश्चरेमा नेतृत्व विकास तालिम सुरु

साइनो समचारदाता पथरी/‘विश्व भरिका आदिवासी जनजाति एक हौं’ भन्ने मूल नाराका साथ पथरीशनिश्चरेमा दुई दिने नेतृत्व विकास तालिम सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् पथरीशनिश्चरेको आयोजनामा शुक्रबार र शनिवार दुई दिने तालिम सुरु गरेको हो ।


प्रशिक्षार्थीहरुलाई रेडियो नेपालका बरिष्ठ अधिकृत अमरध्वज लामा र नेपाल घेदुङ संघ भाषा साहित्य विभाग प्रमुख काजिमान थिङले नेतृत्व विकासको बारेमा सहजीकरण गर्ने छन् । गाँउ घरका बिकास निमाण देखि साना साना समस्या अई परे त्यस्को नेत्रित्व कसरि गरिने भन्ने बिषयमा जेष्ठ २४ र २५ गते दुई दिने तालिम दिइने आयोजकका चन्द्र तामाङले जानकारी दिए ।
नेतृत्व विकास तामिलमको उद्घाटन नेपाल आदिवासी जनजाति जिल्ला महासंघका सह–सचिव भूपाल भुजेलले गरेका थिए । तालिममा जनप्रतिनिधि, संचारकर्मी र तल्लो समुदायका विपन्न वर्गका करिब १ सय प्रशिक्षार्थीले सहभागिता जनाएका थिए ।

सम्बन्धित खवर