प्राइम लाइफको ११ औं बार्षिक उत्सब - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

प्राइम लाइफको ११ औं बार्षिक उत्सब

साइनो समचारदाता

पान्थर । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ औ बार्षिकोत्सब कार्यक्रम पान्थरमा मनाइको छ ।

शाखा प्रबन्धक दिनेश श्रेष्ठले नेपालको अर्थतन्त्रलाई माथि उकास्न टेवा पु¥याउने एक मात्र जीवन बिमा कम्पनी बताएका छन् । उनले बिमित, एजेन्ट, एसएफआर, सिनियर एसएफ आर, बिजिनेश अफिसर, एजेन्सी मेनेजर, वरिष्ठ एजेन्सी मेनेजर सहित कर्मचारीहरुमा शुभकामना ब्यक्त गरेका छन्। जीवन बिमा कम्पनीहरुको योजना मध्ये जीवन उपहार बिमा तीन गुणा बिमाङ्क प्रदान गर्ने अब्बल योजना प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सङ्ग मात्र भएकोले जीवन सुरक्षा, प्राइम स्वर्णिम जीवन बिमा, नारी जीवन बिमा, जीवन सुलभ लगायत अन्य योजनाहरु रहेको उनले जनाए ।

‘शुन्य वा तीन बिचार गरौ एकै छिन’ भन्ने मूल नाराका साथ बचत, जीवन सुरक्षा र आयकरमा छुटको निम्ति आजै प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा आफ्नो अमूल्य जीवनको बिमा गरि ढुक्क बस्न अनुरोध गरे । निशा लोवाले दीप प्रज्वल गरी उद्घाटन गरिएको कार्यक्रममा ब्रान्च मेनेजर दिनेश श्रेष्ठले केक काटेका थिए । एजेन्ट, बिमित मेनेजर, एजेन्सी मेनेजर, बिजिनेस अफिसर र कर्मचारीबीच अन्तरक्रिया कार्यक्रम पनि भएको थियो ।

सम्बन्धित खवर