‘आक्रमणकारीलाई कारबाही गर’ - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

‘आक्रमणकारीलाई कारबाही गर’

साइनो समचारदाता

पथरी । डीबी आर टेलिभिजन धरान सुनसरीका पत्रकार दिलबहादुर राई(आशिष)लाई कार्यालयमा काम गरिरहेको बखत आक्रमण गर्ने आक्रमणकारीलाई कारबाहीको माग गरेको छ ।

संघीय प्रेस फोरम नेपाल प्रदेश नम्बर १ का अध्यक्ष फिपराज बेघा र मूख्य सचिब अजित धिमालले विज्ञप्ती जारी गर्दै कारबाहीको माग गरेको हो र्। गम्भीर घाइते भएका राईलाई आक्रमण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै समाचार लेखेकै भरमा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकालाल चौधरीले विबादास्पद निरन्तर अभिव्यक्ति नरोकिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रमुख चौधरीले पत्रकार विराट अनुपमलाई अपमानजनक शब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएको प्रति घोर भत्सना गर्दै चित्त नबुझे कानुनी उपचार खोज्न, प्रेश स्वतन्त्रताको पक्षमा व्यवहारिक रुपमा प्रतिबद्ध बन्न समेत आग्रह गरेका छन् ।

सम्बन्धित खवर