वातावरण दिवसमा वृक्षरोपण (फोटोफिचर) - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

वातावरण दिवसमा वृक्षरोपण (फोटोफिचर)


साइनो समचारदाता

चुलाचुली (इलाम) । जिल्लाको चुलाचुली गाउँपालिका १ नं. वडा स्थित कमल सामुदायिक वनको ब्लक नं.६ मा पनि ‘स्वच्छ वायु स्वस्थ्य जीवन’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइएको छ ।

चुलाचुली गाउँपालिका वन वातावरण तथा विपद व्यवस्थापन समितिको विनियोजित योजना अनुरूप चुलाचुली वडा नं. १ कार्यालय, चुरे महिला समिति चुलाचुली र कमल सामुदायिक वनको संयुक्त आयोजना रहेको थियो ।

वृक्षरोपण कार्यक्रममा १ लाख ५० हजार बराबरको ५ सय बिरुवा रोपिएको वडाका सामुदायिक वन अध्यक्ष टेकबहादुर राईले जनाएका छन् ।

चुलाचुली गाउँपालिका प्रमुख प्रदिपचन्द्र राईद्वारा बिरुवा रोपेर कार्यक्रम उदघाटन गरिएको हो । वृक्षरोपणमा क्रमशः ५, ३, र २ वडाका जनप्रतिनिधिहरू चन्द्रकुमार थापा, नरबहाखुर लावती, रणबहादु लिम्बू, चुलाचुली सशस्त्र क्याम्पको इन्चार्ज सुदर्शन खतिवडा, चुरे महिला समितिका गीता बस्नेत निरौला, सन्तोस तुम्बापो, चुलाचुली उप वन डिभिजन कार्यालयको प्रमुख विश्वशेर दत्त महिला समाजसेवी संगिता थलङ तुम्बापोलगायतको उपस्थित रहेको थियो । वडाका अध्यक्ष पुर्ण लावतीको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

तस्वीरः चेतन आङ्थुप्पो

सम्बन्धित खवर