लेखक संघ मोरङमा ऋषि - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

लेखक संघ मोरङमा ऋषि

साइनो समचारदाता

पथरी । किरात राई लेखक संघको मोरङ पथरी शनिश्चरेमा बुधबार भएको भेलाले ऋषि चाम्लिङ राईको अध्यक्षतामा ९ सदस्यीय समिति चयन भएको छ ।

समितिको सचिबमा संगीता राई र कोषाध्यक्षमा अरुण राई रहेका छ्न । सदस्यहरूमा सुमित थुलुङ, कबिता राई, सन्तोष राई, कुमार राई, सुनिता र जानुका राई चयन भएका छन । कार्यक्रममा प्रमुख अतिथि किरात राई यायोक्खाको केन्द्रिय सचिव अर्जुन जम्नेली राईले लेखक, पत्रकार, युवा, विद्यार्थी लागेर प्रदेश नम्बर १ लाई किरात नाम लेखाउन सक्रिय हुनुपर्ने बताए । राईले किराँती समुदायका लेखकहरुले सिर्जनामार्फत् साहित्यको भण्डार भर्नुपर्ने सुझाव दिए । कार्यक्रमको सभापतिसमेत रहेका संघको केन्द्रिय अध्यक्ष खुक्सङ खम्बु राईले संगठनको क्रियाकलाप र भावि योजनाको बारेमा बताएका थिए ।

सम्बन्धित खवर