कांग्रेस संसदीय दलद्वारा इदुल्ल फित्रको शुभकामना - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

कांग्रेस संसदीय दलद्वारा इदुल्ल फित्रको शुभकामना

साइनो समचारदाता

पथरी । मुस्लिम धर्मावलम्बीहरुको महान चाड इदुल्ल  फितर ईदको शुभ अवसरमा नेपाली कांग्रेस, संसदीय दल, प्रदेश न।१ ले समप्ुर्ण धर्मालम्वीहरुमा शुभकामना सन्देश जारी गरेको छ ।

कांग्रेस द्वारा शुभकामना सन्देशमा भनिएको छ – “मुस्लिम धर्मावलम्बीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछ।”
मुलुकको शान्ति–सुव्यवस्था , राजनीतिक परिवर्तन र समृद्धिको यात्रामा मुस्लिम समुदायले प्¥याएको योगदानको उच्च कदर गरेको नेपाली कांग्रेस, संसदीय दल, प्रदेश न स्मरण गर्न चाहेको कुरा सन्देशमा व्यक्त गरिएको छ । सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्ने सवालमा समेत मुस्लिम समुदायबाट र्पुयाइएको महत्त्वपूर्ण योगदानको चिर–स्मरण गर्दै ईदुल फितर९ ईद० ले आपसी भाइचारा, प्रेम र सुदृढ सम्बन्धलाई कायम राख्ने शक्ति र आशिर्वाद मिलोस भन्ने दलको शुभेच्छा सहितको सन्देश प्रदेश नम्वर १ का माननीय सांसद सुयर्माराज राई द्वारा जारी शुभकामना सन्देशमा व्यक्त गरिएको छ ।

सम्बन्धित खवर