‘सहर्ष रुपमा याक्थुङ ज्ञान महोत्सवको सहयोग जुट्न गाह्रो छ ।’ - Sainokhabar
  • शुक्रबार, बैशाख ३१, २०७८

‘सहर्ष रुपमा याक्थुङ ज्ञान महोत्सवको सहयोग जुट्न गाह्रो छ ।’


भूपेन्द्र खुदाङ

संयोजक/अध्यक्ष

‘याक्थुङ ज्ञान महोत्सव’आयोजक समिति/याक्थुङ युबा मञ्च याक्थुङ, केन्द्रीय कार्य समिति

युवा मञ्च कस्तो संस्था हो ?

याक्थुङ युवा मञ्च लिम्बू युवाहरुको सामाजिक संस्था हो । संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय ललितपुरमा २०७३ भदौमा दर्ता भएको यो स्वतन्त्र एक सामाजिक संस्था हो । धेरैको भ्रम बुझाइ के छ भने यो चुम्लुङको भातृ सङ्गठन हो । यो विल्कुल हैन् । यो स्वतन्त्र रुपमा दर्ता भएको सामाजिक संस्था हो । विधान सम्वत् चल्ने यो संस्थाको हरेक २÷२ वर्षमा राष्ट्रिय महाधिवेशन हुन्छ । २०७५ जेठ ७ गते इलाममा महाधिवेशन भएको थियो । वार्षिक रुपमा परिषद् बैठक बस्छ । सङ्गठन संरचना केन्द्रीय समिति, जिल्ला समिति र परिषद्हरु रहेको छ । हाल (याक्थुङ युवा मञ्च, खेलकुद परिषद्) गठनको तयारीमा छ । र हाल ८ वटा जिल्ला कार्यसमितिहरु सङ्गठित छ । मुलभूत रुपमा भन्नु पर्दा ‘याक्थुङ युवा मञ्च’ आदिवासी लिम्बू युवाहरुको सामाजिक संस्था हो । लिम्बू युवाहरुको बीचमा भावनात्मक एकता र पारस्पारिक सद्भाव, समन्वय, सहयोग तथा मैत्रीपूर्ण समझदारी कायम राख्दै न्याय, समानता, स्वाधिनता, पहिचान, अस्तित्वको सवालमा युवा क्षेत्रबाट वकालत गर्ने सङ्गठित एक सामाजिक संस्था हो । संस्थाको उद्देश्य मुख्य गरी सशक्तिकरण र जनचेतना अभिवृद्धि सम्बन्धि विविद्य कार्यक्रमको माध्यमद्वारा युवाहरुको क्षेत्रमा पहुँच निर्माणको सवालमा जोड दिएको छ । समाजको युवालाई राज्यको हरेक निकायहरुमा पुग्न योग्य, सक्षम युवाहरु निर्माण गर्न प्रतिबद्ध छ । यसको लागि चेतना अभिवद्धि साथै क्षमता अभिवृद्धि सम्बन्धि विविध कार्यक्रमहरु गर्दै आएको र निरन्तर गरिरहेको छ । नीतिगत रुपमा लोक सेवा, शिक्षा सेवा, सेना, प्रहरी लगायतको सरकारी निकायहरुमा युवाहरु सहभागीता बढाउने कार्यमा सक्रिया भूमिका निर्वाह गर्नेछ । साथै युवाहरुलाई आर्थिक, सामाजिक क्षेत्रमा अग्रसरता तुल्याउन शिक्षा, रोजगारी, स्वरोजगार कार्यक्रमहरु जोडर अभ्यास यस संस्थाले गर्नेछ । सामाजमा प्रतिस्पर्धा योग्य, सामाजिक सांस्कृतिक सुसभ्य, अनुशासित युवा जमातको निर्माण र साङ्गठनिक पद्धतिमा अगाडि बढ्ने सङ्गठनको परिचय निर्माण गर्न संस्था अग्रसर हुनेछ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक देश नेपालमा युवाहरुको हकहित तथा अधिकारको संरक्षण र सम्वद्र्धन सँगसँगै समुदायमा संस्थागत समाजको जिम्मेवार पात्र युवाहरु भएको हैसियतले आफ्नो समुदायको भाषा, लिपि, साहित्य, धर्म, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासका निम्ति संस्थागत रुपमा सक्रियताका साथ सहभागिता जनाउनेछ । अधिकार प्राप्ती र पहिचान जस्ता राजनीतिक अधिकार पक्षमा विभिन्न कामहरु गर्ने, लिम्बुवान भूमिको ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरु ती सम्पदा संरक्षणमा जोड दिनेछ । यस्तै संस्कार र संस्कृतिहरु विषयमा युवा पुस्तालाई पुस्तान्तर गर्ने विभिन्न कार्यक्रम मार्फत क्रियाशिल रहेको छ ।

हाल के के गर्दै हुनुहुन्छ ?
मंसीर १९ गते लिम्बू युवाहरु राज्य संयन्त्रमा प्रवेश हुनुपर्छ भनेर लोकसेवा अभिमुखिकरण तालिम सम्पन्न गरेको थियौँ । पहिचान, संस्कृति र भाषा सम्बन्धी विभिन्न जिल्लामा अन्तरक्रिया सम्पन्न गरिएको थियो । प्रदेश १ को नामाङ्कन गर्दा लिम्बुवान नछुटोस् भनेर बारबार दबाव दिँदै आएको छौँ । सङ्युक्त सङ्घर्ष समितिमार्फत् सक्रियता जनाउँदै आएका छौँ । यस्तै पहिचान र अधिकार सवालमा प्रदेशको नामाङ्कन पहिचानको आधारमा हुनुपर्छ भन्ने माग, आदिवासी विदा कटौति पुनःस्थापित गराउन सरकारलाई दबाव दिने सवालमा लगायत आदिवासी अधिकारको पक्षमा भएको हरेक गतिविधिमा संस्थागत सहभागिता र सक्रियता दिँदै आइरहेको छ । यी सबै पक्षमा सक्रियता त छँदैछ । तर मुख्य फोकस हाम्रो युवा शसक्तिकरण हो, युवा जागरण हो, युवा पहुँच निर्माण हो यीनै विषयवस्तुमा हामी बढी केन्द्रित हुनेछौँ ।

‘याक्थुङ ज्ञान महोत्सव’ गर्दै हुनुहुन्छ ? यो कस्तो कार्यक्रम हो ?

याक्थुङ युवा मञ्च, नेपालको आयोजनामा जेठ २४ र २५ गते नाचघर जमल काठमाडौँमा हुन लागेको कार्यक्रम ‘याक्थुङ ज्ञान महोत्सव’ समाजको युवाहरुलाई जागरण सिर्जना गर्ने कार्यक्रम हो । समाजले आफ्नो समाज निर्माणको क्रममा धार्मिक, सांस्कृतिक, राजनीतिक रुपमा आफ्नौ इतिहास छ । धेरै कुराहरुसँग भोग्दै, सामना गर्दै अगाडि बढेको छ र यस विषयमा सबै जना जानकार छैनन् । यी विषयमा के कस्तो अवस्था रहयो ? कस्तो अवस्था छ ? र भोलिको कुन दिशातिर उन्मुख छ ? भन्ने पक्षमा समाजमा जानकार बुद्धिजीबी, अगुवाहरुमार्फत् सुन्ने, सुनाउने, दतास्वेजिकरण गर्ने र ती विषयहरुलाई युवा पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यको साथ ‘याक्थुङ ज्ञान महोत्सव’ आयोजना गर्न लागिरहेका छौँ । खास गरेर भन्नुपर्दा ‘याक्थुङ ज्ञान महोत्सव’ विषयवस्तुहरुको प्रस्तुति, वैचारिक बहस, मन्थन साथै बौद्धिक ज्ञानहरु सुनाउने, बुजाउने, सुन्ने, बुझ्ने कार्यक्रमको सङ्गालो हो । लिम्बू समाजको रहनसहन, रीतिरिवाज, धर्म, संस्कृति, कला, साहित्य, सङ्गीत आदि विषयमा प्रस्तुति, छलफल गरिनेछ । मुन्धुम, सभ्यता, इतिहास माथि पनि छलफल हुनेछ । यस्तै राष्ट्रिय विषयहरुमा सरोकार रहने राजनीतिक, आर्थिक, सामाजिक पक्षमा पनि छलफल गरिनेछ ।

युवाहरुले यो महोत्सवबाट के के शिक्षा प्राप्त गर्छन् ?

यो कार्यक्रम बौद्धिक ज्ञानको रुपमा एउटै मञ्चमा विविध विषयहरुमा छलफल हुँदैछ । हामीले कार्यक्रममा हुने विविध सेसनको शिर्षक, वक्ताहरु सार्वजनिक गरिसकेको छौँ । यी छलफलहरुमा सहभागी युवाहरुले ती विषयमा विषयविज्ञहरु मार्फत् जानकारीहरु लिन सक्छन् । कार्यक्रमलाई अनलाइन, सामाजिक सञ्जाल, युट्युर्ब लगायत विविध सञ्चारको माध्यमबाट प्रसारण र प्रकाशनमार्फत् सम्प्रेषण गर्नेछौँ । कार्यक्रमले मुख्यतः युवा पुस्तमा केही हदसम्म जागरण सिर्जना अपेक्षा गरेका छौँ । साझा विषयमा बहस, छलफल गर्ने प्रयास र अभ्यासको उदाहरणीय कार्यक्रम हुने अपेक्षा पनि गरेका छौँ ।

कार्यक्रम खर्च खर्चभार निकै ठूलो होला, कसरी खर्च व्यवस्थापन गर्दै हुनुहुन्छ ?

खर्चलाई धान्न व्यवस्थापकीय हिसाबमा निकै गाह्रो महसुस गरिरहेको छौँ । हलभाडा देखि लिएर कार्यक्रमको सबै पक्षमा खर्चै खर्च छ । हाल सम्म चिनजानको सहयोगी व्यक्तिहरुले केही सहयोग पुर्याउनु भएको छ र विदेशस्थित इजरायल, जापान थोरै भएपनि सहयोग पुर्याउनु भएको छ । आजसम्म धेरै च्याब्रुङ र गीतहरुमा धेरै नाच्यौँ । तर चेतना निर्माणसँग जोडिएर धेरै काम भइरहेको छैन हाम्रो समाजमा । च्याब्रुङ बजाएर नाच्दा रमाउछौँ तर च्याब्रुङ बनाउनु दिँदैन् भनेर बुझिरहेको छैनौँ । सांस्कृतिक हिसाबमा ठूलो जागरण छ । अब सामाजिक संस्थाहरुले चेतना निर्माणको केही कामहरु अगाडि बढाउनुपर्छ भन्ने भएर याक्थुङ युवा मञ्चले केही गरौँ न भन्ने उद्देश्यले यो कार्यक्रम गर्ने प्रयत्न गरेका छौँ । कार्यक्रम गर्न बजेट पहिलो प्रथामिकता हो । त्यसमाथि हामी भर्खर सङ्गठित र राज्य प्रशासनिक निकायहरु परिचित हुन नसकेको साथै समाजमा पनि हामीलाई सामान्य संस्थाको रुपमा मात्र बुझ्ने बुझाइहरुले सहयोगहरु सहर्ष रुपमा जुट्न गाह्रो छ । फेरि अर्को तर्फ हाम्रो समाजले नाचगान र रमझमको मात्र भाषा बुझ्छ । बौद्धिक र बैचारिक बहस हुँदैछ भन्दा बुझ्न गाह्रो छ हाम्रो समाजलाई । सहयोगको लागि अनुनय विनय गर्दा, भिख माग्नेको लर्को लागेको भन्दै भिखारीको दर्जा दिन्छन्, कसै नेपालको एक मागिखाने झुन्ड समूह भनी आरोप लगाउँछन् । यी सबै पक्षहरु छन् यद्यपि हामीले संस्थागत रुपमा आँट गरेको छौँ ।

सम्बन्धित खवर