महत्तो भन्छन्, ‘संघीयता विरोधी बजेट आयो’ - Sainokhabar
  • शनिबार, फागुन २२, २०७७

महत्तो भन्छन्, ‘संघीयता विरोधी बजेट आयो’

साइनो समचारदाता

काठमाडौं । राष्ट्रिय जनता पार्टी(राजपा) का अध्यक्ष मण्डलका सदस्य तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र महतोले संघीयता विरोध बजेट आएको बताएका छन् ।

मंगलबार बजेटमाथि संसदमा भएको छलफलमा भाग लिने क्रममा उनले संघीयताको मर्मअनुसार बजेट नआएको बताएका हुन् । उनले भने, ‘संघीयता विरोधी यसको सबैभन्दा ठूलो विशेषता हो ।’ प्रान्तीय सरकारहरुले २० प्रतिशत पनि बजेट नपाउने संघीयताको मर्म विपरीत भएको बताउँदै उनले विदेश नीति, राष्ट्रिय सुरक्षा, मौद्रिक र राष्ट्रिय गौरबका आयोजना बाहेक सबै प्रदेशलाई दिनुपर्ने बताए । उनले भने, ‘संघीयतालाई असफल पार्ने बजेट आएको छ, यो दुःखद हो । ‘

महतोले स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले गरेको विज्ञापनको पनि विरोध गरे । उनले प्रधानमन्त्री ओली दादा गिरी गरेको आरोप लगाउँदै केपी ओली प्रवृत्ति छोड्नु आग्रह गरेका छन् । सांसद महताले सांसदलाई दिएको ६ करोडको विरोध भइरहेको भन्दै निर्वाचन प्रणाली नै फेर्न प्रस्ताव गरे ।

सम्बन्धित खवर