कानेपोखरीमा जेष्ठ २५ देखि खेलकुद सुरु - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

कानेपोखरीमा जेष्ठ २५ देखि खेलकुद सुरु

साइनो समचारदाता पथरी/ मोरङको कानेपोखरी गाउँपालिकाले खेलकुद कार्यक्रम गर्ने भएको छ । गाँउपालीकाले गााँउपालिका भित्र रहेका संभावित खेल र खेलाडीको प्रबद्धन गर्ने उदेश्यले ९ ओटा खेलकुद प्रतियोगिता गर्ने भएको छ । कानेपोखरी खेलकुद बिकास समितीको आयोजनामा फुटवल, भलिवल, क्रिकेट, ब्याडमिन्टन, एथलेलेटीक्स, मिनी म्याराथुन, बुद्धि चाल, महिला फुटवल र रेफ्री प्रशिक्षण गरि ९ ओटा खेलकुद संचालन गर्ने खेलकुद बिकास समितीका अध्यक्ष भुपाल श्रेष्टले बताए ।


कानेपोखरी खेलकुद विकास समितिको आयोजना तथा मितेरी युवा क्लवले सहयोगमा हुने खेलकुद कार्यक्रम जेष्ठ २५ गते दोस्रो अध्यक्ष कपको उद्धघाटन गरि असार १ गते पुरस्कार बितरण गरि समापन हुने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गरेको छ ।
खेलमा गाउँपालिकाका ७ वटै वडाले सहभागिता जनाउँनेछन् भने खेल वडा भित्र रहेको बिभिन्न खेल मैदानमा गराईने भएको छ । फुटवलतर्फ विजेता टिमले नगद ८० हजार प्राप्त गर्नेछन् भने उप–विजेताले ५० हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन ।
यस्तै भलिवलतर्फ विजेताले ५१ हजार र उप–विजेताले ३१ हजार का साथ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । अन्य प्रतियोगिताको पुरस्कार राशी भने तोक्न बाँकी रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा १५ लाख खर्च हुने छ भने गाँउपालिकाले खेलकुदमा १५ लाख र अध्यक्ष कप अन्तर्गत थप ४ लाख बेजेट छुट्याइएको छ ।
पालिका भित्र रहेका ७ ओटै फुटवल टिमलाई कानेपोखरी ५ मा रहेको बी एण्ड बी कन्ट्रक्सनले जर्सी सहयोग गरेको छ ।
भिडियो एफ टिभी सुनसरीको पथरीमा कानेपोखरी खेलकुद हो

सम्बन्धित खवर