पथरी, डाँसखोलामा तटबन्धन - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

पथरी, डाँसखोलामा तटबन्धन

साइनो समचारदाता

पथरी । मोरङ पथरी शनिश्चरे १ पथरी बहुमुखी क्याम्पस छेउको क्याम्पस बस्तीमा तटबन्धन थालिएको छ । प्रदेश सरकारको १५ लाख बजेट विनियोजित भएपछि पथरी खोलको छेउमा रहेको बस्तीमा तटबन्धन गर्न सुरु गरेको हो । ६२ मिटरमा तालजालीसहितको तटबन्धनबाट २६ घर र क्याम्पसलाई प्रत्यक्ष लाभान्बित हुनेछ । तटबन्धन १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य लिएको उपभोक्ता समितिका अध्इक्ष शंकर राईले बताए ।

त्यस्तै पथरी शनिश्चरे ६ शुक्रबारे पश्चिम डाँस खोलामा पनि तटबन्धन कार्य सुरु गरिएको छ । तटबन्धन गर्न सम्शेर श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । तटबन्धनको लागि ३० लाख बजेट प्रदेश सरकारले छुट्याएको छ ।

पथरीमा रहेको सुनाखरी खेलमैदानको स्तर उन्नति गर्न मैदान सम्याउन, पुर्ने कार्य प्रारम्भ गरिएको छ । मैदानको लागि ७ लाख बजेट प्रदेश सरकारले छुट्याएको छ ।

सम्बन्धित खवर