सकियो, ‘प्रथम पथरी शनिश्चरे कला साहित्य उत्सब–२०७६’ - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

सकियो, ‘प्रथम पथरी शनिश्चरे कला साहित्य उत्सब–२०७६’

साइनो समचारदाता

पथरी । कला साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरे मोरङले आयोजना गरिएको ‘प्रथम पथरी शनिश्चरे कला साहित्य उत्सब–२०७६’ आइतबार सकिएको छ ।

शनिबारदेखि सुरु भएका उत्सब आज सकिएको छ । आइतबार जिल्लाको साहित्यको अवस्था विषयक विवस पोख्रेलले, नगरको कला र साहित्यको अवस्था बारे रोहित पराई, भुपेन्द्र तिम्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए । साथै सर्जकका सृजना प्रस्तुति, मौलिक गीत र नृत्य, चित्रकला र मूर्तिकला प्रदर्शनी र प्रहसन प्रस्तुतिको कार्यक्रम भएको थियो ।

उत्सबको पहिलो दिन जातीय मौलिक साँस्कृतिक झाँकी, मौलिक गीत र प्रस्तुति, चित्रकला र मुर्तिकला प्रदर्शनी, स्रष्ठा सम्मान कार्यक्रम, प्रहसन प्रस्तुतिसहितको कार्यक्रम भएको थियो । कार्यक्रममा शैक्षिक तथा साहित्यिक अगुवा स्व.चन्द्रमान कन्दङ्वालाई मरणोपरान्त सम्मान गरिएको छ ।

उद्घाटन सत्रमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले बढ्दो अग्रेजी पढान पाठनको माध्यमले मातृभाषा संरक्षण चुनौति थपिएको बताएका छन् । पहिचान र परिचय गुम्ने स्थिति रहेकाले तीन तहको सरकार चनाखो हुनुपर्ने मन्त्री घिमिरेको भनाई छ । १ नम्बर प्रदेशमा ११६ भाषा बोल्ने मानिल भएकाले प्रदेश भाषिक रुपले धनी रहेको बताए । उनले भने, ‘१नम्बर प्रदेशमा ११४ मातृभाषी भएकाले भाषिक रुपले धनी छौं ।’ धार्मिक साँस्कृतिक हिसाबले धनी धनी भएकाले संस्कार संस्कृति संरषणमा गर्नुपर्नेमा उनले जोड दिएका छन् । तीन तहको सरकारले अभ्यास गरिरहेकाले विविधता संरक्षण गर्न पालिका केन्द्रित हुनुपर्ने जनाए ।

१४ जिल्लाकै झलक झल्कने पथरीमा साँस्कृतिक ग्राम बनाउन प्रदेश सरकार लागि परिरहेको बताउँदै उनले प्रदेशको मात्र नभई देशकै प्रमुख पर्यटकीय स्थल बनाउने दाबी गरेका छन् । उनले भने, ‘१ नम्बर प्रदेशकै, राष्ट्रकै प्रमुख पर्यटकीय गन्तव्य स्थल बनाउने तयारीमा छौ । दैनिक हजारौ हजार पर्यटकको लस्कर लाग्ने बनाइनेछ ।’ पथरीले नया कुरा प्राप्त गर्ने भएकाले कसै भ्रम नपर्न, आतिनुपर्ने कुरा केही नभएको, सबैको पहिचान झल्कने ग्रामाथान बन्ने आश्वासन दिलाएका छन् । उद्घाटन अघि रत्न चोकबाट साँस्कृतिक झाँकीले पथरी बजार परिक्रमा गरिएको थियो ।

सम्बन्धित खवर