पूर्वाञ्चल डान्स स्टार योगिसा - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

पूर्वाञ्चल डान्स स्टार योगिसा


साइनो समचारदाता

गौरादह । झापाको गौरादहमा पूर्वाञ्चल विधालयस्तरी डान्स स्टार २०७६ को उपाधि योगिसा परियारले जितेकी छिन् । नयाँ प्रतिभालाई प्रमोसन गर्ने उद्देश्यले शनिबार गौरदह नगरपालिकाको अतिथि सभा हलमा आयोजना गरिएको पूर्वाञ्चल स्कुल डान्स स्टार २०७६ को ग्राण्ड फिनाले सन्तोस राईको संयोजकत्वमा सम्पन्न भएको छ ।

टप तेह्र जना सहभागी मध्ये एल्जिना कार्की दोस्रो, मन्सु देवान तेस्रो भएका थिए । प्रथम विजेतालाई २० हजार, दोस्रो १५ हजार र तेस्रोलाई १० हजार नगद सहित प्रमाणपत्र, टर्फि प्रदान गरेको थियो । कार्यक्रममा सनराइज कला केन्द्र, गौरदह, रोजि डान्स सेन्टर, उर्लाबारी, फेन्टास्टिक क्रियुको डान्स प्रस्तुति रहेका थियो । मानव कम्प्युटर इन्सिच्युटले मुख्य प्रायोजन गरेका ग्रान्ड फिनालेको जर्जमा भुपेन्द्र लिम्बू तुम्बाहम्फे, प्रनिसा उदास, अमन गुप्ता रहेको थियो ।

गौरादह नगरपालिका ३ नं. वडा अध्यक्षको प्रमुख अतिथित्व रहेको कार्यक्रममा दमक युनिक क्याम्प प्रमुख लेखनाथ सेडाई, वाणिज्य संघ अध्यक्ष जीवन राई, बैगुनधुरा अंग्रेजी विधालयका प्रिन्सिपल उपेन्द्र निरौला, विक्रम लेक्वा, प्रेम शेर्मा, हेम कुमार जवेगु, प्रेम ओजि लगायतको उपस्थिति रहेको थियो । एजे क्रियु डिडि एफले आयोजना गरेको कार्यक्रम चेतन आङथुपोले संचालन गरेको थियो ।

सम्बन्धित खवर