‘अंग्रेजी माध्यमले मातृभाषा संरक्षणमा चुनौति’मन्त्री घिमिरे - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

‘अंग्रेजी माध्यमले मातृभाषा संरक्षणमा चुनौति’मन्त्री घिमिरे

फिपराज बेघा

पथरी । सामाजिक विकास मन्त्री जीवन घिमिरेले बढ्दो अग्रेजी पढनपाठनले मातृभाषा संरक्षणमा चुनौति थपिएको बताएका छन् । पहिचान र परिचय गुम्ने स्थिति रहेकाले तीन तहको सरकार चनाखो हुनुपर्ने मन्त्री घिमिरेको भनाई छ । १ नम्बर प्रदेशमा ११६ भाषा बोल्ने मानिस भएकाले प्रदेश भाषिक रुपले धनी रहेको बताए । उनले भने, ‘१ नम्बर प्रदेशमा ११४ मातृभाषी भएकाले भाषिक रुपले धनी छौं ।’ धार्मिक साँस्कृतिक हिसाबले धनी भएकाले संस्कार संस्कृति संरक्षण गर्नुपर्नेमा उनले जोड दिएका छन् । तीन तहको सरकारले अभ्यास गरिरहेकाले विविधता संरक्षण गर्न पालिका केन्द्रित हुनुपर्ने जनाए ।

कला साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरे मोरङले आयोजना गरिएको ‘प्रथम पथरी शनिश्चरे कला साहित्य उत्सब–२०७६’ शनिबार उद्घाटन गर्दै मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । १४ जिल्लाकै झलक झल्कने पथरीमा साँस्कृतिक ग्राम बनाउन प्रदेश सरकार लागि परिरहेको बताउँदै उनले प्रदेशको मात्र नभई देशकै प्रमुख पर्यटकीय स्थल बनाउने दाबी गरेका छन् । उनले भने, ‘१ नम्बर प्रदेशकै, राष्ट्रकै प्रमुख पर्यटकीय गन्तव्य स्थल बनाउने तयारीमा छौ । दैनिक हजारौ हजार पर्यटकको लस्कर लाग्ने बनाइनेछ ।’ पथरीले नया कुरा प्राप्त गर्ने भएकाले कसै भ्रम नपर्न, आतिनुपर्ने कुरा केही नभएको, सबैको पहिचान झल्कने ग्रामाथान बन्ने आश्वासन दिलाएका छन् ।

उत्सबको पहिलो दिन जातीय मौलिक साँस्कृतिक झाँकी, मौलिक गीत र प्रस्तुति, चित्रकला र मुर्तिकला प्रदर्शनी, नगरको कला र साहित्यको अवस्था बारे कार्यपत्र, स्रष्ठा सम्मान कार्यक्रम, प्रहसन प्रस्तुतिसहितको कार्यक्रम भएको थियो । कार्यक्रममा शैक्षिक तथा साहित्यिक अगुवा स्व.चन्द्रमान कन्दङ्वालाई मरणोपरान्त सम्मान गरिएको छ । उद्घाटन अघि रत्न चोकबाट साँस्कृतिक झाँकीले पथरी बजार परिक्रमा गरिएको थियो ।

दोस्रो दिन जिल्लाको साहित्यको अवस्था विषयक कार्यपत्र, सर्जकका सृजना प्रस्तुति, मौलिक गीत र नृत्य, चित्रकला र मूर्तिकला प्रदर्शनी र प्रहसन प्रस्तुतिको कार्यक्रम तय गरिएको छ । आयोजकले सम्पूर्ण तयारी पुरा भएको बताइएको छ । समितिका सचिब रोहित पराईले सुृजना क्षेत्रको महत्व र मर्म बुझाउँदै यसको संरक्षण, संवद्र्धन र विकासमा सबै जुटुने चेतना एवम् सन्देश प्रवाह गर्न पथरीमा प्रथम पटक कला र साहित्यको उत्सबको आयोजना गरिएको बताए । करिब ३ लाख अनुमानित खर्चमा हुने उत्बममा नगरपालिकाको सहयोगमा आयोजना हुदैछ ।

सम्बन्धित खवर