आज सीएम कन्दङ्वा प्रदेश १ टि २० क्रिकेट प्रतियोगिताको फाइनल - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

आज सीएम कन्दङ्वा प्रदेश १ टि २० क्रिकेट प्रतियोगिताको फाइनल

साइनो समचारदाता

पथरी । मोरङ्गको पथरी शनिश्चरेमा जारी सीएम कन्दङ्वा प्रदेश १ टि २० क्रिकेट प्रतियोगिताको फाइनल आज हुदैछ ।

पथरी शनिश्चरे १० जिरिखिम्ती स्थित खेल मैदानमा शनिबार हुने फाइनल खेलमा ब्लु स्टार क्रिकेट क्लब बिराटनगर र पथरी शनिश्चरे क्रिकेट क्लब आमनेसामने छ । हिजो सम्पन्न दुई सेमिफाइनल खेलमा शिवगंज क्रिकेट क्लब झापालाई पराजित गर्दै ब्लु स्टार र दमक क्रिकेट क्लबलाई पराजित गर्दै पथरी शनिश्चरे क्रिकेट क्लबले फाइनल यात्रा तय गरेका हुन । पहिलो सेमिफाइनलमा बिराटनगरले शिवगञ्जलाई ७ विकेटले पराजित गर्यो। शिवगंजले दिएको १०९ रनको लक्ष्य बिराटनगरले १३ ओभरमै विना कुनै दवाव भेट्टाएको थियो। पहिलो खेलको उत्कृष्ट खेलाडी बिजेता टोलिका बिरेन्द्र झाँ घोषित हुँदै नगद १५ सय सहित ट्रफी प्राप्त गरे। आज नै सम्पन्न दोश्रो खेलमा पथरी शनिश्चरे क्रिकेट क्लबले १६ रनले दमक क्रिकेट क्लबलाई पराजित गर्यो । १०२ रनको सामान्य लक्ष्य दिएको पथरीले उत्कृष्ट बलिङ गर्दै पराजित गरेको हो। पथरीका लागि सुरज न्यौपानेले २, कमल राईले र राकेश दाहालले समान ३ विकेट लिए। सो खेलका मेन अफ द म्याच पथरीका सुरज न्यौपाने घोषित भए । पथरी शनिश्चरे १० जिरिखिम्ती स्थित खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ।

५५ हजार ५ सय ५५ रुपैयाँ प्रथम पुरस्कार रहेको प्रतियोगिताको मुख्य प्रायोजन पथरी शनिश्चरे १ मा स्थापित एभरेष्ट आवासीय माध्यमिक बिद्यालयले गरेको छ भने टीका फेन्सी स्टोरको प्रायोजन रहेको छ। प्रतियोगितामा दोश्रो पुरस्कार राशी ३३ हजार ३ सय ३३ रुपैयाँ रहेको छ ।

सम्बन्धित खवर