तेस्रो जनजाति चलचित्र महोत्सब हुने - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

तेस्रो जनजाति चलचित्र महोत्सब हुने

साइनो समचारदाता

काठमाडौ । आदिवासी जनजाति चलचित्र महासंघले आदिबासी जनजाति चलचित्र महोत्सब आयोजना गर्ने भएको छ । जेठ महिनाको २४, २५ र २६ गतेसम्म राष्ट्रिय सभागृह काठमाडौंमा महोत्सब हुदैछ । महासंघका अध्यष अमृतबहादुर सुनुवारका अनुसार तीन दिने तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सब २०७६ कार्यक्रम हुदैछ ।

चलचित्रको माध्यमद्वारा आदिवासी जनजातिहरुका मौलिक कला–संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरुको दस्तावेजीकरण, संरक्षण, प्रवद्र्धनका साथै पर्यटन बिकास लागि राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा आदिबासी जनजाति चलचित्र महोत्सब २०७६ कार्यक्रमले सहयोग गर्ने लक्ष्य लिएको छ । यस महोत्सवमा आदिवासी जानजाति चलचित्र, वृत्तचित्र र छोटा चलचित्र गरि २० वटा आदिबासी जनजाति प्रदर्शन गरिनुका साथै आदिबासी जनजाति चलचित्रको बस्तुगत अबस्थाको बारेमा जानकारी डेक्स, बिभिन्न आदिबासी जनजाति समुदायको परम्परागत खानाको स्टलहरु, आदिबासी जनजाति समुदायका मौलिक भेषभुषा, हस्तकला, पुस्तक आदिको स्टलहरु रहने छन । महोत्सवमा दर्शकहरुबाट छनौट भएको उत्कृष्ट चलचित्रलाई पब्लिक च्वाईस अवार्ड, उत्कृट आदिबासी जनजाति चलचित्र (जुरी अवार्ड) अभिनय तर्फ महिला÷पुरुष उत्कृट कलाकार, उत्कृष्ट निर्देशक र उत्कृष्ट क्यामेरामेन गरि जम्मा ६ बिधामा अवार्ड बितरण गरिने छ । महोत्सबकै अबसरमा नेपाल पर्यटन बोर्डको हलमा २०७६ जेष्ठ २५ गते शनिबार बिहान ८ः०० चलचित्रमा आदिबासी जनजाति महिलाको सवाल र २६ गते आईतबार बिहान ८ः०० बजे आदिबासी जनजाति चलचित्रको अबसर र चुनौति बिषयक अन्तरक्रिया कार्यक्रम पनिे हुने आयोजक संस्थाका महासचिव पूर्खाजीत राईले जानकारी गराए ।

ंआदिबासी जनजाति चलचित्र महासंघको आयोजनामा हुने तेस्रो नेपाल आदिबासी जनजाति चलचित्र महोत्सब २०७६ मा चलचित्र बिकास बोर्ड, काठमाडौं महानगरपालिका, नेपाल टेलिकम, राष्ट्रिय बाणिज्य बैंक, नेपाल पर्यटन बोर्ड, राष्ट्रिय आदिबासी महिला मञ्च आदि संस्थाहरुको सहकार्य रहनेछ भने, गुरुङ फिल्म एशोसियसन नेपाल, मगर चलचित्रकर्मी संघ, तामाङ चलचित्र संघ, किरात राई चलचित्रकर्मी संघ, याक्थुङ मुनचईत चोक संयम (लिम्बु), सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, थारु चलचित्र तथा साँस्कृतिक संघ, नेवा फिल्म सोसाईटी, माझी चलचित्रकर्मी संघ, राजबंशी चलचित्रकर्मी समाद समिति, भुजेल चलचित्रकर्मी संघ, मुगाली चलचत्रिकर्मी बिकास संघ, जिरेल चलचित्रकर्मी संघ सह आयोजक रहेका छन ।

महोत्सबमा प्रर्दशन हुने चलचित्रहरु निम्म बमोजिम रहेका छन् ।

१. म्ले क्यु (गुरुङ) निर्देशक – जस माया गुरुङ
२. रिजेनासा (गुरुङ) निर्देशक – प्रितम गुरुङ
३. मोङो डोङा–२ (माझी) निर्देशक – सुञ्जीत माझी
४. द लस्ट नोमेड्स अफ एभरेष्ट (शेर्पा) निर्देशक – निश्चल पौडेल
५. पुल्टी (राजबंशी) निर्देशक – प्रबलद्घिप बिश्वास
६. यारी (राई) निर्देशक – बिर बहादुर राई
७. वाम्बुले राई संस्कार (राई) निर्देशक – कृष्णजित राई
८. छेँगु (सुनुवार) निर्देशक – लक्ष्मी सुनुवार
९. आङा थेबा (तामाङ) निर्देशक – अमृत बहादुर सुनुवार
१०. झुमरा नाच (थारु) निर्देशक – आशिष बिक
११. खुर्पेटो (मगर) निर्देशक – बिश्वास मगर (बिकास)
१२. साङ्गेला घ्रान (तमाङ) निर्देशक – दिपक तामाङ
१३. कृषा गौतमी (नेवार) निर्देशक – रामकृष्ण खड्गी
१४. नौलिन भद्रकाली जात्रा (नेवार) निर्देशक – रामकृष्ण श्रेष्ठ
१५. तिनपाने (मगर) निर्देशक – युकी आले
१६. के (लिम्बु) निर्देशक – सागर केरुङ
१७. धुर्सा (तामाङ) निर्देशक – कमल योञ्जन तामाङ
१८. के साङ्ला (लिम्बु) निर्देशक – लोकन साँवा लिम्बु
१९. निप्हुगाल (भुजेल) निर्देशक – कृष्ण कुमार गुरुङ
२०. सिरुवा पावैन (थारु) निर्देशक – पशुराम चौधरी

सम्बन्धित खवर