प्रदेश सरकारले खजुमलाई पढाउने - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

प्रदेश सरकारले खजुमलाई पढाउने

साइनो समचारदाता

पथरी । पान्थरको मिक्लाजुङमा भएको सामुहिक बीभत्स हत्या काण्डमा घाइते भएकी सीता खजुमलाई १ नम्बर प्रदेश सरकारले पढाउने भएको छ ।

गत जेठ ६ गते राती मिक्लाजुङ्ग ३ आरुबोटेमा भएको अकल्पनीय बीभत्स हत्या काण्डमा भागेर खजुम बाचेकी थिइन् । उनको उपचार पनि प्रदेश सरकारले गरेको थियो । लाइभ लाइन अस्पताल दमकमा उनलाई उपचार गराइएको थियो । खजुमको आफन्तसङ्गको सहमति पछि औपचारिक रुपमा शिक्षा दिक्षाको सम्पुर्ण जिम्मेवारी प्रदेश सरकारले लिएको आन्तरिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताएका छन् । अब सहिद स्मृति आवासिय बिद्यालय (इटहरी १९ हासपोसा) मा अध्ययन गर्नेछिन् । हत्या काण्डमा १० जनाको मृत्यु भएको थियो ।

सम्बन्धित खवर