संस्थापक चोङ्बाङ सम्मानीत - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

संस्थापक चोङ्बाङ सम्मानीत

साइनो समचारदाता

उर्लाबारी । युवा सामाजिक सेवा समिति (योसेक) ले क्लवका संस्थापक जितेन्द्र चोङ्बाङलाई सामाजिक कार्यको उच्च मुल्यांकन गर्दै सम्मान गरेको छ ।

योसेक क्लवको पहलमा हङकङ बस्दै आएका चोङ्बाङले उर्लाबारी ३ मंगलबारेका वीरबहादुर धिमालको परिवारलाई घर निर्माण गर्न आथिक सहयोग गरेका थिए । आर्थिक रूपमा अति विपन्न धिमाल परिवारलाई योसेकले एक वर्षअघि नै घर निर्माण गरेपनि हस्तान्तरण भएको थिएन । योसेकका संस्थापक जितेन्द्र चोङ्बाङ र क्लबको अगुवाईमा घर निर्माण गरिएको हो । सोहि कार्यक्रममा लेटाङ निवासी समाजसेवी शान्ति पाख्रिन र जिवन ज्योति जिउनका लागि शिक्षा अक्षयकोष को संरक्षक कौसिला चोङबाङले क्लब मार्फत रू ३÷३ हजार धिमाल परिवारलाई प्रदान गरेका थिए । चोङबाङकै नेतृत्वमा अक्षयकोष स्थापना गरि क्लवले हाल ६ जना बिध्यार्थीहरुलाई अध्यापन समेत गराउदै आएको छ । क्लवले एक औपचारिक कार्यक्रमका बीच धिमाल परिवारलाई घर हस्तान्तरण गरिएको छ भने क्लवले चोङबाङ दम्पत्तीलाई समाजमा केहि उदारहणीय कार्य गरेको भन्दै सम्मान गरेको छ ।

“समाजमा सुधारको निम्ती आफुबाटै सुरुवात गर्नु पर्ने” भन्दै चोङबाङले समाजका अग्रज वडाध्यक्ष गञ्जबहादुर कार्की, मिहला नेतृ शान्ति पाख्रिन, क्लवका अध्यक्ष भिष्म बुढाथोकी बिद्यार्थी सहित उर्लाबारीको मदन भण्डारी प्रतिस्ठानमा रहेको मदन भण्डारी बाल उद्यानको भ्रमण गरेका हुन । घर निर्माणका निम्ति मुख्य आर्थिक पहलकर्ता एवं सहयोगी समेत रहेका क्लबका संस्थापक जितेन्द्र चोङबाङलाई योसेकले सामाजिक कार्यको उच्च मुल्यांकन गर्दै क्लब र वडा नम्बर ३ को तर्फबाट सम्मान गरिएको थियो ।

सम्बन्धित खवर