भ्रष्टचारविरुद्धको राष्ट्रिय अभियान - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

भ्रष्टचारविरुद्धको राष्ट्रिय अभियान

साइनो समचारदाता

धरान । राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टचारविरुद्धको राष्ट्रिय अभियान सुरु गरेको छ । अभियान अन्तरगत घोषणा सभा तथा हस्ताक्षर संकलन कार्यक्रम गत जेठ १५ गतेदेखि सुरु भएको हो ।

केन्द्रिय अध्यक्ष केपि पालुङबाको विशेष उपस्थितिमा धरानमा पार्टीको नगर समितिले भानुचौकको घण्टाघर बाट भ्रष्टाचार विरुद्ध हस्ताक्षर अभियान शुरु गरेको हो । अध्यक्ष पालुङ्बाका अनुसार हस्ताक्षर अभियान प्रदेश १ भर बुधवारै देखि शुरु भएको छ । उनका अनुसार तत्काल प्रदेश १ का मोरङलगायत १० वटा जिल्लामा पार्टीका भ्रष्टाचार विरुद्धको अभियानका रुपमा हस्ताक्षर संकलन शुरु भएको हो । कार्यक्रम अनुसार प्रदेशको बिराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को काठमाण्डौ, प्रदेश ४ को पोखरा, प्रदेश ५ को भैरहवा, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगढीमा पनि बुधवारैको दिन देखि हस्ताक्षर अभियान शुरु गरिएको उनले बताए । हस्ताक्षर अभियान असार १५ गतेसम्म एक महिना सञ्चालन गरिने कार्यक्रम छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि पनि हस्ताक्षर संकलन गरिएको बताउँदै उनले भने ‘संघीय गणतन्त्र लाई संस्थागत गर्ने बेलमा देशमा व्याप्त भ्रष्टाचारले जनतामा ठूलो आक्रोश पैदा भएको छ, सरकार भ्रष्टार, हत्या, बलात्कारमा संलग्न अपराधी लाई संरक्षण गर्न लागेको छ, त्यस्को विरोध संगै गणतन्त्र लाई संस्थागत गर्न हस्ताक्षर अभियान गरिएको हो ।’ पार्टीले २०७५ असोज २ गते नेपाल सरकार, प्रदेश सरकार लाई समेत ३९ बुँदे ज्ञापनपत्र बुझाएको उनले बताए । ज्ञापन पत्रमा भ्रष्टाचार नियन्त्रण नभए गणतन्त्रमा खतरामा पर्ने कुरामा ध्यानाकर्षण गराइएको थियो । पार्टीले स्थापनाकाल देखी नै भ्रष्टाचार नियन्त्रण मात्र होइन निर्मुल गर्नुपर्छ भन्दै संबैधानिक उपचारको लागि संबैधानिक कानुनी निर्माण गरी कठोर दण्ड सजायको व्यावस्था हुनुपर्ने माग राख्दै आएको उनले बताए ।

जनमुक्ति पार्टी भ्रष्टाचारी विरुद्ध संघर्षको लागि ३ वटा कुरालाई जोडदार आवाज उठाएर अगाडि बढेको उनको भनाई छ । भ्रष्टाचार लाई देशद्रोह सरहको अपराध घोषणा गरि भ्रष्टाचारी लाई कठोर दण्ड र सँजाय स्वरुप कम्तिमा जन्म कैद र सम्पत्ति राष्ट्रीयकरण गर्ने व्यवस्था गरिनुपर्ने अध्यक्ष पालुङ्वाले बताए । भ्रष्टाचार सम्बन्धि मुद्दाको छिटो छरितो ढंगले टुंगो लगाउने अधिकार सहित स्वायत्त प्रकृतिको विशेष अदालतको व्यावस्था गरिनुपर्ने र पन्चायती शासनकालदेखी हालसम्मको भ्रष्टाचार प्रकरण र उच्च पदस्त ब्यक्तिहरुको सम्पत्ति बारे स्वतन्त्र ढंगले छनबिनका लागि शक्तिशाली नागरिक छानबिन आयोग गठन गरिनुपर्ने माग पार्टीले गर्दै आएको उनले स्पष्ट गरे ।

सम्बन्धित खवर