वाड वाडमा स्वास्थ केन्द्र खुल्दै - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

वाड वाडमा स्वास्थ केन्द्र खुल्दै

साइनो समचारदाता पथरी/ राज्यको निती अनुसार एक वाड एक सहरी स्वास्थ केन्द्र राख्ने निर्णय अनुसार मोरङको पथरीशनिश्चरे वडा नं. ६ ले सहरी स्वास्थ केन्द्र सुरु गरेको छ । गरिव तथा बिपन्न बर्गका मानिसको बसोबास भएकाले नगरले वडा नं. ६ मा नयाँ स्वास्थ केन्द्र सुरुगरेको हो ।


स्वास्थ केन्द्रबाट अब नगरका ४, ६, ७ र ८ का जनताले प्राथमिक उपचार पाउने भएका छन । नगरका जनताको स्वास्थ पहुच पुर्याउने उदेश्यका साथ ४ जना स्वास्थ कर्मचारी सहित उपचार र औषधी बितरण सुरु भएको वडाध्यक्ष जय बहादुर तामाङले बताए ।
शहरी स्वास्थ केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख दिलिप कुमार राईले नगर भित्र रहेका क्यान्सर, बोनम्यारो, ईन्जुरीकर्ड, मृगौला र मुटु रोगीहरुको सवालमा स्वास्थ उपचारको लागि १५ हजार उपलब्ध गराएको र वृद्ध वृद्घा बिरामीहरुलाई एम्बुलेन्स सेवा, घर दैलो स्वास्थ सेवा उपल्बध गरिरहेको बताए ।


राईले स्थानियले राखेको गुनासोको सवालमा लामो समय पछि आएका जनप्रतिनिधि संग जनताको धेरै अपेक्षा रहेको र सो अपेक्षा एकै पटक सम्भव नहुने भएकाले क्रमिक रुपमा बिकास गर्दै जाने बताउनु भयो ।
नगरका जोखिम स्थानको पहिचान गर्दै आउदा दिनमा अन्य वडामा समेत शहरी स्वास्थ केन्द्र खोल्दै जाने नगर स्वास्थ संयोजक मुरारी आचार्यले बताए । कार्यक्रममा वडा नं. ४, ७ र ८ का वडाध्यक्षले स्वास्थ केन्द्रले जनताको मन जित्न सफल रहने बताए ।

सम्बन्धित खवर