घोषणा पत्र जारी गर्दै याक्थुङ लेखकहरु संगठित - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

घोषणा पत्र जारी गर्दै याक्थुङ लेखकहरु संगठित

साइनो समचारदाता

विर्तामोड । झापामा याक्थुङ लेखकहरूको भेलाले बुधबार ‘याक्थुङ लेखक संघ’ गठन गरेको छ । विर्तामोडस्थित विएण्डवाई होटलमा बुधबार भएको याक्थुङ भेलाले प्रकाश थाम्सुहाङको अध्यक्षतामा २९ सदस्यीय कार्यसमितिको गठन गरेको हो । उपाध्यक्षद्वयमा अप्सरा लावती, संगम सुहाङ, महासचिव टंक सेलिङ, उपमहासचिव मधु केरुङ, सचिव मनिष हेल्लोक, कोषाध्यक्ष जितेन पन्धाक मुस्कान रहेका छन् । त्यसैगरी सदस्यहरू क्रमशः सिङ्जाङ चेम्जोङ, पेलिहाङ माबोहाङ, रोहित आङ्बो,दिलदुखी जन्तरे, सन्देश सुब्बा, सन्त थलङ, मुनराज सेर्मा, राज माङ्लाक, सेसेहाङ फियाक, चन्द्रबीर तुम्बापो,सेसेमी से नाल्बो, अभागी थेगुवा, प्रकाश आङ्देम्बे, सुन्दर कुरूप,केजि सुब्बा, सागर केरुङ, पुष्पहाङ लोवा, मंगल बेघा, सन्तोष थेबे, इक्साहाङ चेम्जोङ, वनेम बिक्रम फागो, डिल्ली मुसाहाङलाई चयन गरिएको छ ।
भेलाले ७ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।

यस्तो छ घोषणा पत्र

घोषणापत्र – २०१९

याक्थुङ लेखक संघको पहलमा विसं. २०७६ जेठ १५ गते तदानुसार सन् २०१९ मे २९ तारिख गणतन्त्र दिवसका दिन विर्तामोड लिम्बुवानमा आयोजित प्रथम ऐतिहासिक भेलामा भएको छलफल र सोको उपयोगिता बारेका कुराहरूलाई मनन गर्दै, त्येअङ्सी सिरिजङ्गा, इमानसिंह चेम्जोङ, लालसोर सेन्दाङ, खड्गबहादुर नेम्बाङ, काजीमान कन्दङवा, महाकवि थाम्सुहाङ पुष्प सुब्बा आदिको याक्थुङ साहित्यिक विरासतलाई ध्यानमा राख्दै, याक्थुङ भाषा, साहित्य, इतिहासको विकासका खातिर सन् १९२५ मा कालेबुङमा गठित याक्थुङहाङ चुम्लुङ, किरात याक्थुङ चुम्लुङको पहलमा २०५९ मा चारपाने विर्तामोड झापा लिम्बुवानमा गठित लिम्बु भाषा साहित्य प्रतिष्ठानलाई स्मरण गर्दै, याक्थुङ लेखकहरूको प्रथम ऐतिहासिक भेलाका सहभागीहरूबाट व्यक्त विचारहरूलाई मनन गर्दै याक्थुङ लेखक सङ्घ तदर्थ समितिद्वारा याक्थुङ लेखक सङ्घको घोषणापत्र – २०१९ जारी गर्दछौँ ।

१,लिम्बुवान मुक्तिका खातिर कलम चलाउने ।

,लिम्बुवान राज्य प्राप्तिका लागि चालिने जुनसुकै आन्दोलनहरूलाई सहयोग र समर्थन गर्ने ।

३,लिम्बुवान सौन्दर्यशास्त्र, मुन्धुम, याक्थुङ लोक वाङ्मयहरूको पुनरजागरणका निम्ति याक्थुङ लेखकहरूलाई पुनरजागृत गर्ने ।

४,याक्थुङ भाषा, सिरिजङ्गा लिपिमा सिर्जना गर्न, याक्थुङ साहित्यलाई सिद्धान्तपरक र विशिष्टीकरण गरी सिर्जना गर्न सर्जकहरूलाई उत्प्रेरित गर्ने ।

५,विविध वाद र वैचारिक समूहमा रहेका याक्थुङ लेखकहरूलाई एकताबद्ध गराई लिम्बुवानी राजनैतिक चेतनामा ध्रुवीकरण गर्ने ।

६,सबैखाले राजनैतिक विचारमा आवद्ध याक्थुङ लेखकहरूको साझा चौतारीका रूपमा याक्थुङ लेखक सङ्घलाई अगाडि बढाउने ।

७,लिम्बुवानका मुन्धुमी, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक स्थलहरू पर्यावरणीय साहित्यक दृष्टिविन्दुले संरक्षित गर्ने ।

सम्बन्धित खवर