काङ्ग्रेसले गर्यो १३ औ गणतन्त्र दिवसमा दिप प्रज्वलन - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

काङ्ग्रेसले गर्यो १३ औ गणतन्त्र दिवसमा दिप प्रज्वलन

साइनो समचारदाता पथरी / १३ औ गणतन्त्र दिवसको उपलक्ष्यमा मोरङको पथरीशनिश्चरेमा नेपाली काङ्ग्रेस पथरीशनिश्चरे नगर समितीले दिप प्रज्वलन गरेको छ । नेपाली काङ्ग्रेस पथरीशनिस्चरे नगर समितीको आयोजना तथा भात्ती संगठन नेपाल तरुण दल , ने.बि. संघ नगर, पथरी बहुमुखी इकाई समिति लगायत पथरीशनिश्चरे बासीले दिप प्रज्वलन गरी गणतन्त्र दिवस मनाएका हुन ।

 


नेपाली काङ्ग्रेसको अगुवाईमा पथरीसनिस्चरे १ को जाते मोड साझ ६ बजे दिप प्रज्वलन गरि हर्स उल्लासका साथ मनाईएको थियो । कार्यक्रममा बोल्दै क्षेत्रिय सभापती गणेश खड्काले नेपालीले नेपालको जुन सुकै क्रान्तीमा नेपाली काङग्रेसले सफल्ता पाएको र गणतन्त्र ल्याउनमा काङ्ग्रेसले मुख्य भुमिका निर्वाह गरेको भन्दै दिप प्रज्वलन गर्नु भयो । कार्यक्रममा नगर सचिव दुर्गा भट्टराईले नेपालीको ठुलो साहस र बलिदान पछि पाएको गणतन्त्रको रक्षाको निम्ती नेपाली काङग्रेस सधै तयर रहेको भन्दै बताउनु भयो ।

सम्बन्धित खवर