रास्ट्रिय साहित्यिक कार्यक्रमको आयोजना गर्ने - Sainokhabar
  • बिहिबार, फागुन १३, २०७७

रास्ट्रिय साहित्यिक कार्यक्रमको आयोजना गर्ने

साइनो समचारदाता

कुम्मायक(पान्थर) । कुम्मायक कुस्सायक साहित्यिक समाजले बुधबार बार्षिक कार्य योजना तयार पारेको छ । कुम्मायक गाउँपालिकाको यासोक बजारमा बसेको बैठकले सस्थाको लक्ष्य र उद्देश्यहरु प्रभावकारी बनाउन साहित्यिक गतिविधि गर्ने भएको छ ।

समाजका अध्यक्ष पदम दुःखी सम्बाहाम्फेको अध्यक्षतामा बसेको बैठकले लोपोन्मुख पर्व साउने सक्रान्ति र माघे सक्रान्तिको अबसर पारेर बर्षमा दुई पटक कुम्मायक गाउँपालिका रास्ट्रिय साहित्यिक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । लोपोन्मुख भाषा साहित्य कला सँस्कृतिलाई उजागर गर्दै समग्र नेपाली साहित्यको बिकासमा चेतनामूलक साहित्यिक कार्यक्रम तथा सभा गोष्ठी र बर्षेनी सस्थाको स्मारिका प्रकाशन गर्ने बताइएको छ । सस्थाको भाबी कार्यक्रम माथि व्यापक छलफल गरि प्रस्तावना पेश गर्ने निर्णय पनि भएको छ ।

सम्बन्धित खवर