सकियो, आदिवासी जनजातिको सचेतनामूलक कार्यक्रम - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

सकियो, आदिवासी जनजातिको सचेतनामूलक कार्यक्रम

साइनो समचारदाता

पथरी । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् पथरी शनिश्चरे, मोरङले सञ्चालन गरेको आदिबासी जनजाति विषयक सचेतनामूलक कार्यक्रम सकिएको छ ।

शनिबार भागीरथ माविदेखि सुरु भएको तीन दिनसम्म जारी सचेनतामूलक कार्यक्रम सोमबार गोर्खा डिपार्डमेन्ड स्टोर पथरीमा कार्यक्रम गरी सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नगरपालिका प्रमुख दिलिपकुमार राईले आदिवासी जनजातिको सचेतनाले समाजको सचेतना बढाउँदै जातीय समानता सिर्जना गर्ने वताए । राईले नामको सन्दर्भमा प्रदेश सरकारसँग छलफल गर्न आदिवासी जनजाति नेतृत्वलाई सुझाव दिदै संग्रहालय अन्त जान दिनुनहुने बताए ।

नगरमा बन्ने संग्रहालयको नाममा आदिवासी जनजाति नजोडिए संरचना बन्न नदिने चेतावनी दिइएको छ । कार्यक्रमको उद्घाटन सभामा बोल्दै नेताहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई, किरात राई यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, जनजाति महासंघ मोरङका भुपाल खवास, पत्रकार भुपेन्द्र तिम्सिनालगायतले शुभकामना व्यक्त गरेका थिए । उद्घाटन कार्यक्रममा नगरपालिका—१० स्थित भुटानी शरणार्थी बसेको करिव सय विगाह जग्गामा १ नम्बर प्रदेश सरकारको लगानीमा बन्ने भनिएको संग्रहालय बारे बिषय उठेको हो । संविधान सभा सदस्य चण्डीप्रसाद राईको संयोजकत्वमा बनेको सुझाव समितिलाई समेत संग्रहालयको नाम आदिवासी जनजाति बनाउन दवाव दिदै आएको थियो । अधिकारकर्मी गोपाल देवानले नेपालमा गोरु काटेको अभियोगमा राज्यले पक्रेर थुनेको विरुद्धमा २१७ जनाको मुद्धा आदिवासी जनजाति वकिल समूहले अन्तर्राष्ट्रिय अदालतमा चलाएको जानकारी दिए । नेपालको सर्वोच्च अदालतले आदिवासी जनजाति विरुद्ध फेसला गरेपछि अन्तर्राष्ट्रिय अदालतको सहारा लिनुपरेको देवानले बताए । आदिवासी अधिकारकर्मी गोपाल देवानको सहजिकरणमा भएको कार्यक्रममा करिव २५० जना प्रशिक्षित भएको महासंघको नगर अध्यक्ष चन्द्र तामाङले बताए । कार्यक्रममा आईएलओ १६९, आदिवासी जनजातिको पहिचान, उत्थान, हक अधिकार, कानुनी व्यवस्था लगायतका विषयमा प्रशिक्षण मानबअधिकारकर्मी गोपाल देवानले दिइएको आयोजकले बताएको छ ।

सम्बन्धित खवर