किर्तिपुरमा सिलाई कटाई - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

किर्तिपुरमा सिलाई कटाई

साइनो समचारदाता

पथरी । मोरङले पथरी शनिश्चरे ७ स्थित किर्तिपुरमा महिलाका लागि १ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । तालिम किर्तिपुर महिला सिलाई कटाई सीपमूलक तालिम केन्द्रको आयोजनामा तालिम भएको थियो ।

कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले महिला आत्मनिर्भर हुनका लागि यस्ताखाले कार्यक्रम नगरले सञ्चालन गरिरहेको वताइन् । उनले महिलाहरुको सामुहिक उत्थानका लागि थप सिलाई मेसिन समेत उपलब्ध गराउन पहल गर्न आश्वासन दिइन् । नगरपालिका अन्तर्गत १ लाख रुपैयाँको बजेटमा ४५ जनाका लागि सञ्चालन गरिएको तालिममा लक्ष्मी मगरले सहजिकरण गरेकी थिइन् । सो केन्द्रमा हाल ६ वटा सिलाई मेसिन रहेको छ ।

सम्बन्धित खवर