१७ लाखको यलम्बर सालिक बन्ने - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

१७ लाखको यलम्बर सालिक बन्ने

साइनो समचारदाता

चुलाचुली (इलाम) । ऐतिहासिक व्यक्ति यलम्बरको सालिक निमार्णको लागि आइतबार शिलान्यास गरिएको छ । चुलाचुली गाउँपालिका २ नं. वडाको समी चोक स्थित १७ लाख मा किराँतीहरूको प्रथम राजा यलम्बरको सालिक निमार्ण गरिने निमार्ण समितिका सदस विक्रम लेक्वा लिम्बूले वताएका छन् ।

सालिक शिलान्यास कार्यक्रम चुलाचुली गाउँपालिका प्रमुख प्रदिपचन्द्र राई, धर्म गुरु टकेन्द्र लावतीदवरा गरिएको हो । कार्यक्रममा वडाका अध्यक्ष रण बहादुर लिम्बू, सामाजिक अगुवा दिपेनवाला राई, प्रेम शेर्माको समेत उपस्थित रहेको थियो । सालिक निमार्णको आर्थिक संयोजक निरज केदेम रहेको छ भने, कार्यक्रम संजय इङनामको संयोजकत्वमा सम्पन्न भएको थियो।

सम्बन्धित खवर