पथरीमा ‘कला साहित्य उत्सब’ - Sainokhabar
  • सोमबार, बैशाख २७, २०७८

पथरीमा ‘कला साहित्य उत्सब’

साइनो समचारदाता

पथरी । कला साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरे मोरङले ‘प्रथम पथरी शनिश्चरे कला साहित्य उत्सब–२०७६’को आयोजना गर्ने भएको छ ।

सोमबार नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरी समितिले जेठ १८ र १९ गते कार्यक्रम हुने बारे थाहा दिएको हो । उत्सबको पहिलो दिन जातीय मौलिक साँस्कृतिक झाँकी, मौलिक गीत र प्रस्तुति, चित्रकला र मुर्तिकला प्रदर्शनी, नगरको कला र साहित्यको अवस्था बारे कार्यपत्र, स्रष्ठा सम्मान कार्यक्रम, प्रहसन प्रस्तुति रहने कार्यक्रम संयोजक अमिर राईले जनाए ।

दोस्रो दिन जिल्लाको साहित्यको अवस्था विषयक कार्यपत्र, सर्जकका सृजना प्रस्तुति, मौलिक गीत र नृत्य, चित्रकला र मूर्तिकला प्रदर्शनी र प्रहसन प्रस्तुतिको कार्यक्रम तय गरिएको छ । रत्न चोकबाट साँस्कृतिक झाँकीले पथरी बजार परिक्रमा गरी सिन भिलेज पार्टी प्यालेसमा कार्यक्रम हुने आयोजकले बताएको छ । समितिका सचिब रोहित पराईले सुृजना क्षेत्रको महत्व र मर्म बुझाउँदै यसको संरक्षण, संवद्र्धन र विकासमा सबै जुटुने चेतना एवम् सन्देश प्रवाह गर्न पथरीमा प्रथम पटक कला र साहित्यको उत्सबको आयोजना गरिएको बताए । करिब ३ लाख अनुमानित खर्चमा हुने उत्बममा नगरपालिकाको सहयोगमा आयोजना हुदैछ ।

सम्बन्धित खवर