शंकास्पद बस्तु बम होइन, सिक्नेचर रक्सीको बोतल - Sainokhabar
  • शुक्रबार, फागुन २१, २०७७

शंकास्पद बस्तु बम होइन, सिक्नेचर रक्सीको बोतल

साइनो समचारदाता

मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मधुमल्ला बजारबाट करिब २०० मिटरको दुरीमा रहेको शंकास्पद बस्तुले दिनभर जनजीवन प्रभावित ग¥यो ।

उर्लाबारी मधुमल्ला सडक खण्डमा बम जस्तै देखिने कालो पोलिथिनमा कालो तार देखिने गरी शंकास्पद बस्तु फेला परेको थियो । प्रहरीले विहान १०ः२० वजेदेखि करिब ६ घण्टा सम्म घेरा हालेर सुरक्षा दिएको थियो । बन्दलाई लक्षितगरेर बिप्लब समुहले राखिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । डिस्पोजल टोलीले बम नभइ दुईबटा सिक्नेचर रक्सीको दुईटा बोतलमा तार राखेको पत्ता लागेका इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख टेकबहादुर श्रेष्ठले बताए ।

सम्बन्धित खवर