बन्दले जनजीवन प्रभावित - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

बन्दले जनजीवन प्रभावित

साइनो समचारदाता

पथरी । विप्लब महासचिब रहेको नेपाल कम्युनिष्ट पार्टीले आवह्न गरेको बन्दका कारण प्रदेश नम्बर १ सहितको जनजीवन सोमबार प्रभावित भएको छ ।

विप्लब समुहका विभिन्न व्यक्तिहरुलाई सरकारले पक्राउ गर्न थाले पछि झन झन विप्लब समुहले आफ्नो गतिविधि बढाउदै गएको छ । बन्दलाई लक्षित गर्दै काठमाडौमा हिजै करिब ४ बजे पड्किएको छ । जसमा केही विप्लबका समूह घाइते भए भने केहिको मृत्यु भयो । बन्दलाई सफल बनाउन देशका अधिकांश स्थानहरुमा बिहानै देखि शंकस्पद वस्तुहरु भेटिन थालेको छ । बिहानै प्रदेश नम्बर १ को राजधानी विराटनगर र बुढीगांगा गाउँपालिकाको बिचमा पर्ने बुढीगंगा गाउँपालिका १ पहाडगछ मार्गमा शंकास्पद बस्तु कुकुर बम फेला परेको हो । बिहान बिस्फोटक जस्तो देखिने बस्तु स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर गरिए लगत्तै पुगेको प्रहरीको टोलीले बम भएको हुनसक्ने आशंकामा आर्मीको बिशेषज्ञ टोलीलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । सुन्दरहरैचा नगरपालिका वडा नं ७ स्थित ठडियामा पनि बिहानै शंकास्पद वस्तु फेला परेको छ । रातो तारले कुकरलाई बेरेर राखिएको अवस्थामा फेला परेको हो । शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।

सुनसरीको इटहरी राजमार्गको धरान इटहरी सडकखण्डमा पनि बिहान बमफेला परेको थियो । दुईवटा पोका पारेर सडकको बीच भागमा राखिएको बम नेपाली सेनाले केहीबेरअगाडि डिस्पोज गरेको छ । ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलले भने आँफूहरु बिहानैबाट गस्ती गर्न आउँदा संकास्पद बस्तु जस्तो देखिएपछि सेनालाई खबर गरिएको थियो । ‘हामीले विशेषगरी राजमार्गमा सुरक्षा व्यवस्थामा कडाई गरेका छौँ,’ उनले भने, ‘इटहरीका अन्य ठाउँमा भने त्यस्तो केही छैन, यहाँ चारकोशे जंगल भएका कारण बम राखिएको रहेछ ।’ चारकोशेमा भेटिएको बम भने नेपाली सेनाको टोलीले निष्क्रिय पारिसकेको छ । विप्लब समुहले केही ठाउमा बम राख्दै गएको छ भने बन्द को कारण देखाउदै सडकमा कुद्ने सवारी साधनमा समेत आगजनी गरेको छ । विप्लब समुहले विभिन्न स्थानमा शंकास्पद वस्तु राखेको हुन सक्ने भन्दै राजमार्गमा बाक्लो उपस्थितिमा प्रहरी परिचालन गरिएको छ । पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले बिहान गोचेखोलामा आगजनी गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । बस जेलेको ठाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको छ । बन्दले प्रदेश १ सहितको राजमार्ग प्रभावित भएपछि जनजीवन प्रभावित भएको छ ।

आखिर किन बन्द ग¥यो, नेकपाले?


भोजपुरमा आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गरी गोली हानेर हत्या गरेपछि नेपाल कम्युनिस्ट पार्टीले एकदिने नेपालबन्दको घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेपछि बुधबार एक विज्ञप्तिमार्फत् जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् ।
सांगठनिक कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका तीर्थराज घिमिरे कमरेड राजुलाई केपी ओली सरकारको ठाडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तको नाममा हत्या गरेकोप्रति नेकपाले विज्ञप्तिमार्फत घोर आपत्ति जनाएको छ । ‘केपी ओलीको सामाजिक फाँसीवादी सरकारका विरुद्ध सबै क्षेत्रबाट जनआक्रोश देशव्यापी बढिरहेको छ, भने यही अवस्थामा हाम्रो पार्टीप्रति जनताको आकर्षण, विश्वास र भरोसा बढ्दै गएको सर्व्विधितै छ । हाम्रा नेता र कार्यकर्ताको हत्या र दमनको अभियान चलाउँदै जनतामा पैदा भएको आक्रोसलाई न्युनिकरण गर्दै आफ्नो अक्षमता लुकाउन, सामान्य राजनैतिक कार्यक्रममा हिडिरहेका युवा संगठनको कार्यकर्ता कमरेड तीर्थ घिमिरेलाई नियन्त्रणमा लिएर भीडन्तको झुठो नाटक रचि निर्ममरुपमा हत्या गरिनुले यो सरकारको फाँसीवादी अनुहार नाङ्गिएको मात्र होइन कि यो सरकारले हत्याको सहारा लिएर जनमुक्ति अभियानलाई रोक्ने दुस्साहास गरिराखेको छ । उनीहरुले यस्तो दुस्सपना नदेखे हुन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

महासचिव विप्लवद्धारा जारी विज्ञेप्तीमा भनिएको छ ‘हत्याको साहारा लिएर कुनै मुक्ति अभियान रोकिएको छैन । केपी सरकारले बुझ्न जरुरी छ कि उसले गरेको जघन्य हत्याको बदला जनताले उचित समयमा लिने नै छन् । केपी—पीके सरकारले हाम्रो पार्टीमाथि लगाएको प्रतिबन्ध, गिरफ्तारी, दमन, चरम यातनाका साथै हत्यासम्म उत्रिएर देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कुचेस्टा गरिराखेको छ । केपी सरकारको यस्तो निकृष्ट हर्कतको सबै मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै कमरेड तीथराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न विज्ञप्तिमार्फत जोडदार माग गरेको छ ।’

नेपालबन्द किन आवश्यक पर्यो भन्नेबारे विप्लवले विज्ञेप्तीमा भनेका छन् । ’जनघाती, राष्ट्रघाती, भ्रष्टचारी केपी—पीके सरकारले चलाएको हत्या हिंसाका विरुद्ध हाम्रो पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको अवस्थामा तत्कालकालागि तपसिलको संघर्षका कार्यक्रम घोषणा गरेको छ । उक्त कार्यक्रमलाई उद्योग व्यावसायी, यातायातकर्मी, शिक्षण संस्थान लगायतका सबैले सहयोग र ऐक्यबद्धता जाहेर गर्नुका साथै सहयोग र समर्थन गर्न हार्दिक अपिल अपिल गरिन्छ ।’

सम्बन्धित खवर