कटुवाल बने पुलिस अफ दि मन्थ - Sainokhabar
  • बिहिबार, साउन १४, २०७८

कटुवाल बने पुलिस अफ दि मन्थ

साइनो समचारदाता

पथरी । जिल्ला प्रहरी कार्यालय मोरङले बैशाख महिनाको पुलिस अफ दि मन्थ इलाका प्रहरी कार्यालय पथरी, मोरङका प्रहरी सहायक निरीक्षक उत्तम कटुवाल भएका छन् ।

इलाका प्रहरी पथरीका घटना स्थल अधिकृत रहेको कटुवाल इलाका प्रहरी कार्यालयबाट उत्कृष्ठ प्रहरीको सूचिमा पर्ने पहिलो प्रहरी समेत बनेका छन् । पछिल्लो समय यस ईलाका क्षेत्रमा हुने गरेका अपराधिक कृयाकलाप हरुको छानविनमा उल्लेख्य योगदान पु¥याएका भन्दै बैशाख महिनाको उत्कृष्ठ प्रहरी घोषित भएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीमा दरवन्दी रहेका कटुवाल २०७४ चैतमा पथरीमा आएका हुन । कटुवालका साथै इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी जवान विनोद कार्की पनि बैशाख महिनाको उत्कृष्ठ प्रहरी घोषित भएका छन् ।

सम्बन्धित खवर