१० बुँदे माग राख्दै एकहप्ते धर्ना - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

१० बुँदे माग राख्दै एकहप्ते धर्ना

साइनो समचारदाता

काठमाडौं । कुमाल लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय संघीय लिम्बुवान मञ्चसहित ९ वटा संगठनले १० बुँदे माग राख्दै आइतबारदेखि काठमाडौंको नयाँबानेश्वरमा एकहप्ते धर्ना सुरु गरेका छन् ।

पहिचानको आधारमा प्रदेश नामाकरण गर्नुपर्ने, गण्डक, कर्णाली र सुदुरपश्चिम प्रदेश खारेज गर्नुपर्ने, काठमाडौ उपत्यकाका नेवार समुदायको सांस्कृतिक सामाजिक धरोहरमाथिको अतिक्रमण रोकिनुपर्ने, उपत्यकाभित्रको बढ्ने जनघनत्व घटाउनुपर्ने, खस समुदायलाई आदिवासीमा सुचिकृत गर्नुपर्ने, सांसद रेशम चौधरीलाई तत्काल रिहाइ गर्नुपर्ने लगायतका माग राखेर धर्ना सुरु गरिएको हो । उनीहरुले मुलुकमा विद्यमान भ्रष्टाचार, हत्या हिंसा अन्त्य गर्नुपर्ने, पहिचानवादीहरुको राष्ट्रिय गोलमेच सम्मेलन आयोजना गर्नुपर्ने माग समेत गरेका छन् । मञ्चसहित नेपा राष्ट्रिय पार्टी, नेवा राजनीतिक अभियान, नेपाल सांस्कृतिक पुनर्जागरण अभियान, खसान राष्ट्रिय संघर्ष समिति, आदिवासी जनजाति पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, माननीय रेशम चौधरी रिहाइ अभियानले धर्ना सञ्चालन गरेका हुन् ।

धर्नाको पहिलो दिन माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म विरोध ¥याली गरिएको थियो भने बानेश्वर पुगेपछि विभिन्न पार्टी र संगठनका अगुवाहरुले बोलेका थिए ।

सम्बन्धित खवर