संशोधन नभए सरकारबाट बाहिरिने उपप्रधानमन्त्रीको चेतावनी - Sainokhabar
  • बिहिबार, फागुन १३, २०७७

संशोधन नभए सरकारबाट बाहिरिने उपप्रधानमन्त्रीको चेतावनी


साइनो समचारदाता

जनकपुर । नवगठित समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गरिएन भने सरकारबाट बाहिरिएर सडक आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।

आइतबार सरकारको उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादवले जनकपुरमा आयोजित पार्टी अभिमुखीकरण कार्यक्रममा सो कुरा बताएका हुन् । उनले आउने दिनमा प्राप्त भएका अधिकार खोस्ने काम भए संविधान संशोधन नभए र भ्रष्टचारको अन्त्य नभए सडक संघर्ष थाल्ने प्रष्ट पारे । ‘पाएका अधिकार खोस्ने चेष्टा गरिए, विभेद र असमान्तालाई अन्त्य गर्ने प्रयास भएन, संविधान संशोधन भएन र मुलुकमा भ्रष्टाचार र लुटतन्त्रको अन्त्य भएन भने फेरि सडक संघर्षको बाटो अपनाउनेछौ,’ यादवले भने, ‘त्यसकारण हामीले अब सडक सदन र सरकार तीनवटै संघर्षको रुप अगाडि बढाउनुपर्नेछ ।’

कार्यक्रममा पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सहभागी छन् ।

सम्बन्धित खवर