ट्रकमा अचानक आगो लाग्यो - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

ट्रकमा अचानक आगो लाग्यो

साइनो समचारदाता

विराटनगर । प्रदेश राजधानी बिराटनगरमा आइतबार दिउसो अचानक एउटा ट्रकमा आगलागी भएको छ । मूख्य सडक अन्तरगत महेन्द्र चोक छेउमा सडकमा निर्माण कार्य जारी रहेको अवस्थामा आगलागी भएको हो ।

ना १ क ८०१६ नम्बरको ट्रकमा सडक पिच गर्न अलकत्रा बोकेको अवस्थामा एक्कासी आगलागी सुरु भएको स्थानीयले बताएका छन् । बिराटनगर महानगरपालिकाको २ वटा दमकलले आगो निभाएको छ भने ट्रकको आधा बढी भाग जलेको छ । घटनाबाट कुनै मानवीय क्षति भने भएको छैन ।

सम्बन्धित खवर