‘हिन्दू राष्ट्र बनाउने अभियान चलाउनुस्’ महामन्त्री डा.कोइराला - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

‘हिन्दू राष्ट्र बनाउने अभियान चलाउनुस्’ महामन्त्री डा.कोइराला

साइनो समचारदाता

पर्वत । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान सञ्चालन गर्न शनिबार आग्रह गरेका छन् । ‘धर्म स्वतन्त्र हुनुपर्छ । न सापेक्ष न निरपेक्ष । धर्म स्वतन्त्रताको कुराहरु हामी गर्छौ, ’पर्वतमा आयोजित महायज्ञमा बोल्दै उनले भने, ‘तपाईंहरुलाई हिन्दू राष्ट्र हुनुपर्छ भन्ने लाग्छ ? लाग्छ भने तपाईंहरु लाग्नुस् हामी तपाईहरुको साथमा छौं ।’

उनले धर्म्निरपेक्षता परिवर्तन गराउनका लागि अभियान चलाउनुपर्ने भन्दै त्यसमा आफूले साथ दिने पनि बताए । कांग्रेसको महामन्त्री आफू भएको भन्दै चार तारामध्ये एउटा ताराको अर्थ धर्म स्वतन्त्रता भएको बताए । आफ्ना हजुरबुबाले विराटनगरमा घर बनाउनुअघि मन्दिर बनाएको बताउँदै उनले आफू हिन्दू संस्कारबाट आएको बताए ।

सम्बन्धित खवर