‘विभेद अन्त्यको लागि संविधान संशोधन’ः उपप्रधानमन्त्री यादब - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

‘विभेद अन्त्यको लागि संविधान संशोधन’ः उपप्रधानमन्त्री यादब

मुकेश यादब

विराटनगर । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पार्टीले संविधान संशोधन नभए सडक सङ्घर्षको मुख्य बाटो रोज्ने बताएका छन् ।

शनिबार समाजवादी पार्टी नेपालद्वारा विराटनगरमा आयोजित प्रदेश नं १ स्तरीय अभिमुखीकरण कार्यक्रममा सो कुरा बताएका हुन् । उनले विभेदको अन्त्य, संविधानमा रहेको त्रुटि सच्याउन र समावेशी बनाउन मात्र सरकारमा समावेश भएको प्रष्ट पारे । समाजवादी पार्टी नेपालका कार्य समिति अध्यक्षसमेत रहेका यादवले जनताको सङ्घर्षबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट मुलुकमा समृद्ध कायम हुने भएकाले यसलाई संस्थागत र प्राप्त उपलब्धिलाई रक्षा गर्नलाई पार्टी एकीकरण गरिएको जानकारी दिए ।

सम्बन्धित खवर