उद्यमशीलता तालिम प्रभाबकारी - Sainokhabar
  • शुक्रबार, साउन ०८, २०७८

उद्यमशीलता तालिम प्रभाबकारी

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे २ स्थित चौतारी सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्ताहरुका लागि बेतवाँस र मुढा वनाउने तालिम प्रदान गरेको छ ।

१० दिने सो तालिमको समापनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि २ नम्वर बडाध्यक्ष यामप्रसाद गुरागाईंले वडास्तरमा उद्यमीहरु उत्पादन गर्न लागिरहेको अवस्थामा यसखाले उद्यमशीलता तालिम अझ प्रभावकारी बनेको बताए । कार्यक्रममा पथरी शनिश्चरे नगर सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष रवीन्द्र राई लगायतले वन समूहको कामप्रति प्रसंसा गरे । तालिम वन डिभिजन कार्यालय मोरङको समेत सहयोगमा सम्पन्न भएको हो ।

सम्बन्धित खवर