चौथो नगर सभा  - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

चौथो नगर सभा 

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको चौथो नगर सभा सम्पन्न भएको छ । हिउँदे अधिवेशनका रुपमा हुन वाँकी रहेको नगर सभाले ५ वटा प्रस्ताव माथि छलफल गरी निर्णय गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।

नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा सम्पन्न सभाले चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण सहितका विषय समीक्षा गर्दै अनुमोदन गरेको उनले जनाए । ०७५ साउन ४ देखि ०७६ जेठ ९ सम्म कार्यपालिकाका २२ वटा बैठक बसेको र त्यसबाट भएका निर्णयहरु समेत सभाले अनुमोदन गरेको छ । न्यायिक समिति र अनुगमन् समितिको प्रगति समीक्षा गरिएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले न्यायिक समिति र अनुगमन् समितिको अवस्था बारे उल्लेख गराइन् । सभाले सभासदहरुले उठाएका प्रश्न तथा जिज्ञासाको नगर प्रमुख राईले जवाफ दिए ।

सम्बन्धित खवर