आदिवासी जनजाति सचेतनामूलक कार्यक्रम सुरु - Sainokhabar
  • शुक्रबार, फागुन २१, २०७७

आदिवासी जनजाति सचेतनामूलक कार्यक्रम सुरु

साइनो समचारदाता

पथरी । आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् पथरी शनिश्चरे, मोरङको आयोजनामा सचेतनामुलक कार्यक्रम शनिवार देखि सुरु भएको छ ।

भागिरथ माविको हलमा भएको कार्यक्रमको उद्घाटन प्रदेश सभाकी सदस्य कृष्णकुमारी राईले गरिन्् । प्रदेश सभा सदस्य राईले सबै एकजुट हुन नसकेका कारण राज्यले हेर्ने दृष्टिकोणमा फरक परेको बताइन् । उलने पथरीमा ‘जातीय साँस्कृतिक संग्राहलय’ बन्ने बताउँदै चार धाम, ग्राम थान नबने बताइन् । संविधानको वृस्ति अध्ययन नगरेको बताउँदै उनले देश एउटा वर्गले सञ्चालन गरेको हुनाले अहिले जनताको छोराछोरी राष्ट्रपति र प्रधानमन्त्री बनेको बताइन् ।


उद्घाटन सत्रमा आदिवासी जनजाति महासंघका जिल्ला समन्वय परिषद् मोरङका कोषाध्यक्ष प्रेम कुमार राई, लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष फिपराज बेघा, किरात याख्खा छुम्मा नगर अध्यक्ष बम देवान, नेकपा नगरको वडा नं. ४ का अध्यक्ष गंगा साँवा, कुलुङ समाजका अध्यक्ष नर बहादुर कुलुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । शनिवार शनिश्चरेदेखि सुरु भएको कार्यक्रम आइतबार हसन्दह र सोमबार पथरीमा सोही प्रकृतिको कार्यक्रम गरेर समापन गरिने संघका सचिव देवेन्द्र वनेमले जानकारी दिए । यो कार्यक्रमका लागि नगरले ५० हजार विनियोजन गरेको जनाए । कार्यक्रममा आईएलओ १६९, आदिवासी जनजाति, हक अधिकार, कानुनी व्यवस्था लगायतका विषयमा प्रशिक्षण मानबअधिकारकर्मी गोपाल देवानले दिनेछ ।

सम्बन्धित खवर