कार्यालयको स्थान र नामका लागि समिति - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

कार्यालयको स्थान र नामका लागि समिति

साइनो समचारदाता

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको केन्द्रका विषयमा जारी विवाद अन्त्य गर्नका लागि नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजकत्वमा नगरपालिकाले समिति निर्माण गरेको छ ।

नगर कार्यपालिकाको बैठकले केन्द्रको विवादलाई सुल्झाएर जग्गा प्राप्तीको पहल गर्न उप्रमुखलाई संयोजक तोकी ३ जना वडाध्यक्ष र १ जना कार्यपालिका सदस्य रहेको समिति निर्माण गरेको छ । समितिले केन्द्र राख्न तोकिएको स्थानको जग्गा प्राप्तीको पहल र नगरपालिकाको ‘पथरी शनिश्चरे’ नामलाई पनि हसन्दहको समेत भावनालाई समेट्दै उपयुक्त नाम जुराउने विषयमा समेत टुंगो लगाएर भदौ १० गतेसम्ममा प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । ०६८ साल साउन ३२ गतेको राजनीतिक सहमति, त्यसपछि पुनरावेदन हुँदै सर्वाेच्च अदालतले समेत गरेको फैसलामा हालको वडा नम्वर १० स्थित भूटानी शरणार्थी शिविर क्षेत्रमा नगरपालिका केन्द्र तोकिएको थियो । तर सो क्षेत्रमा जग्गा प्राप्ति भइनसकेको भन्दै नगरपालिकाले साविकको पथरी गाविस कार्यालयमा अस्थाई केन्द्रका राखिएको छ । जसका कारण भवन साँघुरो भएर कामकाजमा समस्या हुँदै आएको छ । वडा नम्वर १० तर्फका बासिन्दाहले भनें अदालतको निर्णयलाई कार्यान्वयन नगरी अपहेलना गरेको भन्दै नगरपालिकामाथि अपहेलनाको थप मुद्धा समेत लगाएका छन् । यसैवीच, पथरी उद्योग वाणिज्य संघले पनि कार्यालयको विवाद टुंग्याएर चाँडो भवन बनाउन ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र पेश गरेको छ । उसले पथरीशनिश्चरे १ स्थित पथरी क्याम्पस पूर्वको खाली जग्गामा कार्यालय वनाउन उपयुक्त हुने बढाउन सुझाव दिएको छ ।

सम्बन्धित खवर