१०+१ प्रदेश आवश्यक छः सह अध्यक्ष श्रेष्ठ - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

१०+१ प्रदेश आवश्यक छः सह अध्यक्ष श्रेष्ठ

साइनो समचारदाता

विराटनगर । नवगठित समाजवादी पार्टी नेपालका सहअध्यक्ष एवम प्रतिनिधि सभा सदस्य राजेन्द्र श्रेष्ठले १०+१ संघीयता आवश्यकता रहेको बताएका छन् ।

शनिबार बिराटनगर समाजवादी पार्टी नेपालको भाव सम्प्रेषण तथा अभिमुखीकरण कार्यक्रम बोल्दै उनले सो कुरा बताएका हुन् । संघीयतामा साझा शासन चाहिएको बताउँदै नेपालमा संघीयता सुसासन, समृद्धि र समाजवाद आवश्यकता रहेको औल्याएका छन् । संघीयताको धेरै मोडलहरु रहेको बताउँदै उनले समाजादी पार्टीले अरुको नक्कल नभइ नेपाली समाजमा सुहाउने विकाशित मोडल अघि सारेको बताए । अहिलेको संघीयता काने संघीयता आएको भन्दै संघीयता असफल भएको कही लागिरहेको आरोप लगाए। संघीयताले मुलुक धान्न सक्दैन भनेर षडयन्त्र गरिहेको भन्दै ७ प्रदेशको प्रशाशनिक संघीयताले मुलुकको समस्या सामधान नगर्ने जिकिर गरेका छन् ।

बैशाख २३ गते भएको तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीचको पार्टी एकीकरणपछि त्यसको भाव सम्प्रेषण गर्ने र पार्टी एकीकरण बारे अभिमुखीकरण प्रदान गर्ने केन्द्रीय कार्यकारीणी समितिको निर्णय अनुसार कार्यक्रम सुरु भएको हो । कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष एवम् उपप्रधान्मन्त्री उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राईलगायतले सम्बोधन गर्नेछन् । कार्यक्रम समाजवादी पार्टी नेपाल १ नम्बर प्रदेश अध्यक्ष प्रवीण चाम्लिङको अध्यक्षतामा सुरु भएको हो ।

सम्बन्धित खवर