मिस पथरीशनिश्चरे २०१९ पुरस्कृत - Sainokhabar
  • शनिबार, फागुन २२, २०७७

मिस पथरीशनिश्चरे २०१९ पुरस्कृत

साइनो समचारदाता

पथरी । मिस पथरीशनिश्चरे २०१९ का प्रतिस्पर्दीलाई शनिवार एक कार्यक्रमकाे अायाेजना गरि पुरस्कार वितरण गरिएको छ । मिस पथरीशनिश्चरे गत बैसाख ४ गते सम्पन्न भएको थियो ।

आयोजक माउन्ट एभरेष्ट इनटरटेन्टमेन्टले मिस पथरी शनिश्चरेका विजेता, उपविजेतालगायतहरुलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरेको हो । बिजेता रिजु भटराई, फस्र्ट रनरअप तुलसा नेम्वाङ र सेकेन्ड रनरअप रेजिना राई लाई क्रमशः नगद रु ७५ हजार, ५० हजार, र २५ हजारको चेक र प्रमाणपत्र प्रदान गरिएको थियो । विभिन्न टाइटलको उपाधि जित्ने प्रतियोगीहरुलाई पनि जनही नगद रु ७ हजार र प्रमाणपत्र प्रदान गरेको छ । पुरस्कार कार्यक्रममा पथरी जेसीजका अद्यक्ष मान दियाली, पथरीशनिश्चरे वडा नं–१० का वडा सदस्य अनोज घिमिरे, वडा नं–७ का वडासदस्य काशीहाङ राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर