विपन्न लिम्बुको घर निर्माणको सहयोग जुट्दै - Sainokhabar
  • शुक्रबार, फागुन २१, २०७७

विपन्न लिम्बुको घर निर्माणको सहयोग जुट्दै

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे २ का आर्थिक रुपमा विपन्न चन्द्रबहादुर लिम्बुको घर निर्माण गर्नको लागि सहयोग जुट्ने क्रम जारी छ ।

नगरकी उपप्रमुख यमुना विष्टले १५ हजार, पथरी शनिश्चरे २ का सुमन लिम्बुले ५ हजार, विनोद पोख्रेलले १ हजार, बम राई, सञ्जु लिम्बु, दिल राई, उपेन्द्र रेग्मी, रमेश खड्काको समूहबाट ७ हजार ५ सय नगद सहयोग गरेका छन् । जितेन्द्र लिम्बूले सिमेन्ट १० बोरा, हर्कबहादुर लिम्बूले २ बोरा, प्रेमकुमार देवान २ बोरा तथा राजकुमार लिम्बू, शेरबहादुर लिम्बू, विजय लिम्बू, रुकमान लिम्बू र खडानन्द न्यौपानेले १÷१ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । त्यस्तै तेजबहादुर लिम्बू, खड्गप्रसाद भारती, रुद्र लिम्बू, गंगाप्रसाद गिरी, खड्गप्रसाद भारती, कालिबहादुर लिम्बूले ५÷५ सय सहयोग प्रदान गरेका छन् । लालबहादुर सोडारी, शेरबहादुर लिम्बू सहितका मिस्त्रीले निःशुल्क श्रम खर्चिने बताइएको छ । चौतारी सामुदायिक वनले आवश्यक काठ निःशुल्क उपलब्ध गराउने भएको छ ।

गत जेठ ८ गते भवनको सिलान्यास नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले गरिन् । लिम्बूको वाँसको खम्वा र खरको छानो भएको घामपानी नछेक्ने घर भत्काएर नयाँ घर निर्माणका लागि वडा सदस्य पर्शुराम न्यौपानेको अगुवाईमा पहल थालिएको हो । १५ धुर ऐलानी जग्गामा झुप्रे घर रहेका लिम्बूले ज्याला मजदुरी गरेर २ सन्तान जेनतेन परिवार पाल्दै आएका छन् ।

लिम्बुको घर निर्माणको लागि कर्णध्वज लिम्बु अध्यक्ष रहेको घर निर्माण समिति गठन गरिएको थियो । डिल्लीराम दाहाल उपाध्यक्ष, सेरबहादुर लिम्बु सचिब, लाबहादुर सोडारी सहसचिब र अम्बिका लिम्बु कोषाध्यक्ष रहेको पदाधिकारी चयन गरिएको छ । भने सदस्यरुमा गंगा प्रसाद गिरी, दुर्गा लिम्बु, अमरबहादुर लिम्बु, खड्कबहादुर लिम्बु, इन्द्रकुमारी लिम्बु र विजय लिम्बु छन् ।

सम्बन्धित खवर